दलहरुबीच सहमति नभएपछि संसद बैठक भोलिसम्मका लागि स्थगित



काठमाडौ (नेस) ।
व्यवस्थापिका संसदको बैठक बिहीबार अपराह्न ४ बजेसम्मका लागि स्थगित भएको छ ।

आज बुधबार बिहान ११ बजे बस्न भनिएको संसद बैठक सूचना टाँस गरेर स्थगित भएको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग सहमति हुन नसकेपछि संसद बैठक भोलिसम्मको लागि स्थगित भएको हो ।

भोलि राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका संसदमा चालू आर्थिक वर्षको सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्