हृदयघातबाट कांग्रेस कास्कीका उपसभापतिको निधन



धन बस्नेत, पोखरा ।

नेपाली कांग्रेस कास्की जिल्लाका उपसभापति हरि आचार्यको हृदयघातबाट निधन भएको छ ।
उनको ४४ वर्षको उमेरमा निधन भएको हो ।

पोखरा– ११ काहुँस्थित अफ्नै निवासमा रहेका बेला विहान करिब १० बजे अचानक हृदयघात भएपछि उनलाई उपचारका लागि अस्पताल लग्ने क्रममा उनको निधन भएको हाम्रा सहकर्मी धन बस्नेतले जानकारी दिनुभयो ।

आचार्यको शव श्रद्धाञ्जलीका लागि दिउँसो १ बजे पोखरा स्थित पार्टी कार्यालयमा राखिने बताइएको छ ।

नेपाली कांग्रेस कास्कीको १३ औं महाधिवेशनबाट उपसभापति बनेका आचार्य त्यसअघिे जिल्ला सदस्य, तरुण दल कास्कीका पूर्व सहसचिव र हाल काहुँ बृहत खानेपानी आयोजनाको अध्यक्षसमेत रहेर काम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्