महानगरको वडा नं.२१ मा नेकपा एमाले विजयी



पोखरा, १० पोखरा । पोखरा लेखनाथ महानगर पालिकाको वडा नं– २१ मा नेकपा एमालेको समूह विजयी भएको छ ।

उक्त वडामा नेकपा एमालेका तर्फबाट वडा अध्यक्षका उम्मेदवार खगराज आचार्य दुई हजार ५४४ मतसहित विजयी हुनुभएको हो ।उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका केवल गिरीले ८१३ मत प्राप्त गर्नुभयो ।
सो वडाको खुल्ला सदस्यद्वय नन्दलाल अधिकारी र रामबहादुर गुरुङ, महिला सदस्यमा अम्विका थापा र दलित महिला सदस्यमा सीतादेवी विक विजयी हुनु भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्