नरहरिनाथ गाउँपालिका प्रमुखमा एमाले विजयी



कालीवहादुर मल्ल, कालिकोट । जिल्लाको मतगणना गर्न वाकी अन्तिम नरहरिनाथ गाउँपालिकाको अन्तिम मत परिणाम आएको छ । प्राप्त परिणाम अनुसार प्रमुखमा एमालेका धिरबहादुर बिष्टले २ हजार ४ सय ६० मत प्राप्त गरी विजयी भएका छन ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली काग्रेसका मिनबहादुर बोगटीले २ हजार २ सय २८ मत पाएका छन । सुरुदेखि नै अगाडि रहेका एमालेका तर्फवाट उम्मेदवार विष्टले वोगटी भन्दा २ सय ३२ मतको अन्तरले विजयी भएको निर्वाचन अधिकृत प्रदिपराज अधिकारले जानकारी गराएका छन । माओवादी केन्द्रका अग्रबहादुर बिष्ट तेस्रो स्थानमा २ हजार १ सय ३७ मत पाए छन् । उपप्रमुखमा भने माओवादीकी मनशोभा वुढाले वुढाले २ हजार २ सय ४९ मत विजयी बनेकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी उपप्रमुख उम्मेदवार सुशीला शाहीले २ हजार २ सय ४३ मत पाइन् ।

यस्तै नेकपा एमालेकी सुनिता वुढा सहकारीले २ हजार ३८ मत पाइन् । नौ वडा रहेको नरहरीनाथ गाउँपालिकाको १,३,८ र ९ नम्वर गरी चार वडा एमाले, ५,६ र ७ माोवादी केन्द्र र २ र ४ नम्वर वडा नेपाली कांग्रेसको पोल्टामा परेको छ । यसका साथै रास्कोट र तिलागुफा नगरपालिका पलाता सान्नित्रीवेणी,पलाता र पचालझरना गाउँपालिकामा माओवादी केन्द्रको प्रमुख उपप्रमुख सहितको प्यानल विजयी भएको छ ।

एमालेले खाडाचक्र नगरपालिका, नरहरीनाथ र कालिका गाउपालिमा विजयी भएको र कंग्रेस महावै गाउपालिकामा प्रमुख विजयी भएको छ ।

प्रतिक्रिया दिनुहोस्