पहिलो पार्टीको नारा



घात अन्तरघातका कारण निर्वाचनमा पछि परेको नेपाली कांगे्रस अहिले दोस्रो चरणको निर्वाचनमा पहिलो हुने भन्दै कार्यकर्तालाई आश्वस्त पार्दै गरेको दृश्य घरहराबाट देखियो। हिजो एमालेले नचाहिँदो नारा दिएर जनतालाई भुल भुलैयामा पारेको अबको निर्वाचनमा त्यो गर्न नसक्ने भन्दै गरेको टिप्पणीले धरहराको ध्यान एकाग्र गराइदिएको छ।

भोलिको निर्वाचनमा कसरी पहिलो हुने योजना के हो त्यो भन्न नसकेको कांग्रेसले अब पहिलो पार्टी हुने भन्दै गरेको टिप्पणीले भने धरहरालाई दया लागेर आयो। हैन नेताले नीति दिन सकेन भने त्यो कहिल्यै सफल पार्टी बन्न सक्दैन यो धरहराले बुझेको पनि छ। तर नेताले नीति दिन नसके पनि उनीहरूले कार्यकर्तालाई हौसाएको दृश्यले भने धरहराले मजाकको रूपमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्