बैंकर श्रेष्ठ महिला उद्यमी विकास समितिको उपसभापति



काठमाडौं, (नेस)
नेपाल उद्योग बाणिज्य महासंघले महिला उद्यमी विकास समितिको उपसभापतिमा बैंकर रविना देशराज श्रेष्ठलाई मनोनित गरेको छ। महासंघकी कार्यकारिणी समितिकी सदस्य कमला श्रेष्ठ सभापति रहने गरी बैंकर श्रेष्ठलाई उपसभापति मनोनित गरिएको हो।

बैंकर श्रेष्ठ मेगा बैंक नेपाल लिमिटेडकी सहायक नायब प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ।साढे दुई दशक लामो बैंकिङ करिअरका क्रममा महिला उद्यमीलाई पुर्याएको योगदान बापत उहाँलाई उपसभापति मनोनित गरिएको महासंघले जनाएको छ।

आगामी दिनमा महिला उद्यमीको सशक्तिकरण र थप व्यावसायिक बनाउन सक्दो योगदान पुर्याउने उहाँले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्