मेसीलाई पिचिची अवार्ड



लन्डन, (एजेन्सी)
बार्सिलोनाका अर्जेन्टिनी प्लेमेकर लियोनेल मेसीले स्पेनिस ला लिगाको एक सिजनभित्र सर्वाधिक गोलकर्तालाई प्रदान गरिने पिचिची अवार्ड जितेका छन्।

मेसीले यस सिजनको ला लिगामा ३७ गोल गर्दै चौथोपटक उक्त अवार्ड हात पारेका हुन्। मेसीले पछिल्लो पटक सन् २०१२ र २०१३ को सिजनमा सो उपाधि जितेका थिए। ला लिगाअन्तर्गत गत आइतबार सम्पन्न जारी सिजनको अन्तिम चरणको खेलमा पेनाल्टीमार्फत गोल गर्न चुकेका मेसीले आफ्नै टिमका लुइस सुआरेजलाई पछि पारेका हुन्। यस सिजनको ला लिगामा मेसीले मा ३७ गोल गरेका छन्। यस्तै २९ गोल गरेका लुइस सुआरेज दोस्रो स्थानमा तथा २५ गोल गरेका रियल मेड्रिडका क्रिस्टियानो रोनाल्डो तेस्रो स्थानमा रहे।

चौथो पटक पिचिची उपाधि हात पारेसँगै मेसीले रियल मेड्रिडका फेरेन्च पुस्काससँगको उपाधि संख्या बराबरी गरेका छन्। टेल्मो जाराले उक्त उपाधि सर्वाधिक ६ पटक जितेका छन्। यस्तै ५ पटक उक्त उपाधि जित्नेमा रियलकै पूर्व खेलाडी ह्युगो सान्चेज, बार्सिलोनाका क्विनी र अल्फ्रेडो डी स्टेफानो रहेका छन्।

प्रतिक्रिया दिनुहोस्