निर्वाचितले कसरी गर्ने काम ? यस्ता छन् ६४ ढाँचा



सबै स्थानीय तहबाट सेवा प्राप्तिका लागि सेवाग्राहीले पेस गर्ने निवेदनको ढाँचा र सेवा पर्वाहका लागि अपनाउनुपर्ने कार्याविधि सरकारले ल्याएको छ। यो ढाँचा सरकारले यही जेठ ३ गते ल्याएको हो। के–के छन् त ढाँचामा ? नेपाल समाचारपत्रका लागि सुरेश तामाङको प्रस्तुतिः

१. घर–जग्गा नामसारी
घर–जग्गा नामसारीबारे विस्तृत खुल्ने निवेदन, निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपी, मृतक र निवेदकबीचको नाता प्रमाणित प्रमाण प्रतिलिपी, जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपी, सर्जमिन मुचुल्का गरी बुझ्नुपर्ने भए सर्जमिन साक्षी बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपी, चालू आव सम्मको मालपोत, घर–जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद। यो सेवा सो दिन पाउने र सर्जमिनको हकमा बढीमा ३ दिनभित्र गरिसक्नुपर्नेछ।

२. मोही लगत कट्टा सिफारिस
मोही लगत कट्टा हुनुपर्ने पूर्ण विवरणको निवेदन, निवेदकको नागरिकताको प्रतिलिपी, जग्गाधनी प्रमाण पुर्जाको प्रमाणित प्रतिलिपी, जग्गाको प्रमाणित नापी नक्सा, चालू आब सम्मको मालपोत, घर–जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद, जग्गाको श्रेस्ता र फिल्ड बुकको प्रमाणित प्रतिलिपी। यो सेवा सेवाग्राहीले सोही दिन पाउनेछन् भने सर्जमिनको हकमा बढीमा ३ दिनभित्र सेवा पाउनेछन्।

३. घर कायम सिफारिस
घर कायम सिफारिस पाउँ भन्नेसम्बन्धी निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपी, सम्बन्धित जग्गाको लालपुर्जाको प्रमाणपत्रको प्रतिलिपी, स्थलगत प्रतिवेदन, चालू आवसम्मको मालपोत, घर–जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद। यो सेवा सेवाग्राहीले सर्जमिनको हकमा ३ दिनभित्र बाहेक सोही दिन पाउनेछन्।

४. छात्रवृत्ति सिफारिस
निवेदन–पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपी, घर भएमा चालू आवसम्मको मालपोत घर–जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद, व्यवसाय भएमा व्यवसाय कर तिरेको रसिद, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी। यो सेवा सेवाग्राहीले सोही दिन पाउनेछन्।

५. विपन्न विद्यार्थी छात्रवृत्ति सिफारिस
निवेदन–पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपी, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी। यो सेवा सेवाग्राहीले सोही दिन पाउनेछन्।

६. अपांग सिफारिस
निवेदन–पत्र र नागरिकता प्रमाणपत्र⁄जन्मदर्ताको प्रतिलिपी, कुन प्रकारको शारीरिक अपांग हो सोसहित मेडिकल सुपरिटेन्डेन्टको सिफारिस, व्यक्ति स्वयं उपस्थित हुनुपर्ने वा सम्बन्धित कर्मचारीको प्रतिवेदन।

७. अस्थायी बसोबास सिफारिस
निवेदनपत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपी, निवेदनमा बसोबास गर्ने घर नम्बर, टोल, मार्ग वा बाटोको नाम खुलाउने, बहालमा बसेको भए घरधनीको सनाखत मुचुल्का, निजको नागरिकता प्रमाणपत्रको प्रतिलिपी, कर्मचारीको हकमा हाल कार्यरत रहेको कार्यालयको पत्र, घरबहाल कर तिरेको रसिद, घरबहालको सम्झौतापत्र।

८. स्थायी बसोबास सिफारिस
निवेदनपत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपी, बसाइँसराइको हकमा बसाइँसराइ दर्ता पत्रको प्रतिलिपी, चालू आबसम्मको मालपोत घर–जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद, जग्गाधनीको प्रमाणपत्रको प्रतिलिपी।

९. नागरिकता प्रतिलिपी सिफारिस
निवेदनपत्र र आमा⁄बाबुको नागरिकता प्रमाणपत्रको प्रतिलिपी, जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपी, विवाहित महिलाको हकमा पति⁄आमा⁄बुबाको नागरिकता प्रमाणपत्रको प्रतिलिपी, चारित्रिक प्रमाणपत्रको प्रतिलिपी (विद्यार्थीको हकमा), विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपी (विवाहिताको हकमा), बसाइँ सरी आएको हकमा बसाइँसराइको पत्रको प्रतिलिपी, दुवै कान देखिने पासपोर्ट साइजको फोटो, चालू आवसम्मको मालपोत, घर–जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात, कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस, प्रतिलिपी नागरिकको हकमा पुरानो नागरिकताको प्रतिलिपी।

१०. अंगिकृत नागरिकता सिफारिस
निवेदनपत्र र अंगिकृत नागकिता प्राप्त गर्न खोजेको स्पष्ट आधार, साविक मुलुकको नागरिकता परित्याग गरेको, परित्याग गर्न कारबाही चलाएको पुष्टि गर्ने कागजातहरु, नेपालमा १५ वर्षदेखि कुनै व्यवसाय वा काम गर्न बसेको प्रमाणपत्रको प्रतिलिपी, वैवाहिक अंगिकृत नागरिकताका लागि विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपी र सम्बन्धित देशका आधिकारिक प्रमाणपत्र, नेपाली भाषा लेख्न र बोल्न जान्ने प्रमाण कागज, पासपोर्ट साइजको फोटो ३ प्रति, चालू आवसम्मको मालपोत, घर–जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद, सर्जमिन मुचुल्का। यो सेवा सर्जमिन गर्नुपर्ने भएकोले गर्दा बढीमा ३ दिनभित्र सेवाग्राहीले पाउनेछन्।

११. आर्थिक अवस्था बलियो वा सम्पन्नता प्रमाणित
निवेदनपत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपी, जग्गाधनी प्रमाण पुर्जा, आयस्रोत भए आयस्रोत खुल्ने कागजात, अन्य आवश्यक कागजात, चालू आवसम्मको मालपोतघर–जग्गा कर वा एकीकृत सम्पत्ति कर र बहाल कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात, सर्जमिन मुचुल्का।

१२. आर्थिक अवस्था कमजोर वा विपन्नता प्रमाणित
नागरिकता प्रमाणपत्रको प्रतिलिपी र निवेदनपत्र, आर्थिक अवस्था कमजोर भएको पुष्टि हुने कागजात।

१३. विद्युत् जडान सिफारिस
नागरिकता प्रमाणपत्रको प्रतिलिपी र निवेदनपत्र, जग्गाधनी प्रमाणपत्रको प्रमाणित प्रतिलिपी, हक भोगको स्रोत खुल्ने कागजात, नक्सा पास वा नामसरी नक्सा भएका प्रमाणक प्रतिलिपी, अन्य आवश्यक कागजातहरु, चालू आवसम्मको मालपोत, घर–जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात।

१४. धारा जडान सिफारिस
नागरिकता प्रमाणपत्रको प्रतिलिपी र निवेदनपत्र, नक्सापास वा नामसरी नक्सा भएको प्रमाणक प्रतिलिपी, जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपी, चालू आवसम्मको मालपोत, घर–जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात।

१५. जीवित रहेको सिफारिस
नागरिकता प्रमाणपत्रको प्रतिलिपी र निवेदनपत्र, स्वयं व्यक्ति उपस्थित हुनुपर्ने, दुईप्रति पासपोर्ट साइजको फोटो, चालू आवसम्मको मालपोत, घर–जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद कर निर्धाण स्वीकृत भएको कागजात।

१६. दुवै नाम गरेको व्यक्ति एकै हो भन्ने सिफारिस⁄फरक जन्म मिति संशोधन सिफारिस
नागरिकता प्रमाणपत्रको प्रतिलिपी र निवेदनपत्र, नाम फरक परेको पुष्टि गर्ने प्रमाणित कागज, चालू आवसम्मको मालपोत घर–जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद, कर निर्धारण स्वीकृत भएको कागजात, सम्बन्धित व्यक्ति वा हकवाला उपस्थित भई सनाखत गर्नुपर्ने, आवश्यकताअनुसार स्थानीय प्रहरी, सर्जमिनका मुचुल्काको प्रतिवेदन माग गर्न सक्ने।

१७. जग्गा मूल्यांकन सिफारिस⁄प्रमाणित
नागरिकता प्रमाणपत्रको प्रतिलिपी र निवेदनपत्र, जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपी, जग्गाको आसपासको चलन चल्तीको मूल्य प्रक्षेपण, हालसालै आसपासको खरिद–बिक्री भएको भए प्रमाण वा सर्जमिन मुचुल्का, चालू आवसम्मको मालपोत, घर–जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात।

१८. व्यवसाय बन्द सिफारिस
आफ्ना व्यवसायको विस्तृत व्यहोरासहितको निवेदनपत्र, नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, चालू आवसम्मको व्यवसाय नवीकरण गरेको प्रमाणपत्रको सक्कल, घरबहाल सम्झौता पत्रको प्रतिलिपी, स्थलगत प्रतिवेदन, विदेशीको हकमा परिचय खुल्ने कागजात सम्बन्धित दूतावासको पत्र, आफ्नै घर भएमा चालू आवसम्मको मालपोत, घर–जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात।

१९. व्यवसाय सञ्चालन नभएको सिफारिस
व्यवसाय सञ्चालन नभएको कारणसहितको निवेदनपत्र, नागकिता प्रमाणपत्रको प्रतिलिपी, स्थानीय तहको नाममा व्यवसाय दर्ता गरेको प्रमाणपत्र, आफ्नै घर भएमा चालू आवसम्मको मालपोत र घरजग्गा कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात, स्थलगत प्रतिवेदन, घरबहाल सम्झौतापत्रको प्रतिलिपी, सर्जमिनका मुचुल्का आवश्यक परेमा सोसमेत।

२०. व्यापार व्यवसाय नभएको सिफारिस
कारणसहितको निवेदनपत्र, नागरिकता प्रमाणपत्रको प्रतिलिपी, स्थानीय तहको नाममा व्यवसाय दर्ता गरेको प्रमाणपत्र, चालू आवसम्मको मालपोत र घर–जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात, सर्जमिनका मुचुल्का आवश्यक परेमा सोसमेत।

२१. कोर्ट फि मिनाहा सिफारिस
नागरिकता प्रमाणपत्रको प्रतिलिपी र निवेदनपत्र, आफ्नै घर भएमा चालू आवसम्मको मालपोत र घर–जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद, अदालतमा मुद्दा परेका प्रमाण कागजातहरु, कोर्ट फि मिनाहा हुनुपर्ने स्पष्ट कारण लिखितरूपमा दिनुपर्ने, स्थानीय सर्जमिनका मुचुल्का।

२२. नाबालक परिचयपत्र सिफारिस
बाबु–आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपी र निवेदनपत्र, जन्मदर्ताको प्रमाणपत्र प्रमाणित प्रतिलिपी, चालू आवसम्मको मालपोत र घर–जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद, नाबालक खुल्ने थप कुनै प्रमाण कागजात भए सोसमेत पेस गर्ने, नाबालक अनिवार्य उपस्थित हुनुपर्ने, दुवै कान देखिने पासपोर्ट साइजको फोटो।

२३. चौपायासम्बन्धी सिफारिस
कारणसहितको निवेदन, चौपाया लाने ठाउँको स्वीकृतिपत्र, लिने–दिने दुवैले सनाखत गर्नुपर्ने, चौपाया पालन गर्नेका हकमा स्थान र छरछिमेक तथा वातावरणमा प्रतिकूल प्रभाव नपर्ने व्यहोरा।

२४. व्यवसाय दर्ता सिफारिस
निवेदनपत्र, व्यवसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपी, आफ्नै घर भए चालू आवसम्मको मालपोत र घर–जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात, बहालमा भए सम्झौतापत्रको प्रतिलिपी, दुईप्रति पासपोर्ट साइजको फोटो।

२५. उद्योग ठाउँसारी सिफारिस
उद्योग ठाउँसारीका लागि निवेदन, उद्योग दर्ता प्रमाणपत्रको प्रतिलिपी, स्थानीय तहको नामको नवीकरणसहितको व्यवसाय दर्ता प्रमाणपत्र, आफ्नै घर भए चालू आवसम्मको मालपोत र घर–जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद, बहालमा भए सम्झौतापत्रको प्रतिलिपी र बहाल कर तिरेको रसिद⁄नतिरेको भए तिर्नु बुझाउनुपर्ने, (स्थानीय तहको नाम) क्षेत्रभित्र सारी जाने भए सम्बन्धित वडा कार्यालयको अनुमतिको सिफारिस–पत्र।

२६. विद्यालय ठाउँसारी सिफारिस
विद्यालय ठाउँसारीका लागि निवेदन, विद्यालय दर्ता प्रमाणपत्रको प्रतिलिपी, स्थानीय तहको नामको नवीकरणसहितको व्यवसाय दर्ता प्रमाणपत्र, (सरकारी एवं सामुदायिक विद्यालयबाहेक अन्य मा चालू आवसम्मको) सरी जाने ठाउँ र हालको ठाउँ दुवैको मालपोत र घर–जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद, बहालमा भए सम्झौतापत्रको प्रतिलिपी र बहाल कर तिरेको रसिद⁄नतिरेको भए तिर्नु बुझाउनुपर्ने, स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपी, निरीक्षण प्रतिवेदन, सरीजाने ठाउँको वडा कार्यालयको अनुमतिपत्र।

२७. आन्तरिक बसाइँसराइ सिफारिस
नागरिकता प्रमाणपत्रको प्रतिलिपी र निवेदनपत्र, सरी जाने व्यक्तिको नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी र नागकिता प्रमाणपत्र नभएको हकमा विवाह दर्ता वा जन्म दर्ता वा उमेर खुलेको निस्साको प्रमाणित प्रतिलिपी, जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपी⁄घर वा जग्गा नभएकाको हकमा व्यवसाय वा बसाइ खुल्ने प्रमाणित कागजात, घर–जग्गा भएकाको हकमा घर भए चालू आवसम्मको मालपोत र घर–जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात, घर–जग्गा नभएकाको हकमा सम्बन्धित घर धनीसँग गरेको घर बहालको सम्झौता।

२८. विद्यालय सञ्चालन स्वीकृति⁄कक्षा वृद्धि सिफारिस
विद्यालय कक्षा वृद्धिका लागि निवेदन, विद्यालय दर्ता प्रमाणपत्रको प्रतिलिपी, स्थानीय तहको नाममा चालू आवको नवीकरणसहितको व्यवसाय दर्ता प्रमाणपत्र, सरकारीबाहेकका विद्यालयका हकमा चालू आवसम्मको मालपोत र घर–जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद, बहालमा भए सम्झौतापत्रको प्रतिलिपी र बहाल कर तिरेको रसिद, निरीक्षण प्रतिवेदन।

२९. व्यक्तिगत विवरण सिफारिस
निवेदनपत्र, नागरिकता प्रमाणपत्रको प्रतिलिपी, चालू आवसम्मको मालपोत र घर–जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद, विषयसँग सम्बन्धित अन्य प्रमाण कागजातहरु।

३०. जग्गा दर्ता सिफारिस
निवेदन, नागकिता प्रमाणपत्रको प्रतिलिपी, चालू आवसम्मको मालपोत र घर–जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात, साविक लगत प्रमाणित प्रतिलिपी, फिल्डबुक उतार, स्थलगत निरीक्षण प्रतिवेदन, जग्गाको नापी नक्सा, जग्गासँग सम्बन्धित अन्य प्रमाण कागजातहरु, स्थानीय सर्जमिन मुचुल्का।

३१. संरक्षक सिफारिस (व्यक्तिगत)
निवेदन, संरक्षक दिने र लिने व्यक्तिको नागरिकता⁄जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपी, चालू आवसम्मको मालपोत र घर–जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद, आवश्यकताअनुसार स्थलगत सर्जमिन मुचुल्का, स्थानीय सर्जमिन मुचुल्का।

३२. संरक्षक सिफारिस (संस्थागत)
निवेदन, संस्थाको नवीकरणसहितको प्रमाणपत्रको प्रतिलिपी एवं विधानको प्रतिलिपी वा नियमावलीको प्रतिलिपी, चालू आवसम्मको मालपोत र घर–जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद, बहालमा भए सम्झौतापत्र प्रतिलिपी र बहाल कर तिरेको रसिद⁄ नतिरेको भए तिर्नु बुझाउनुपर्ने, आवश्यकताअनुसार सर्जमिन मुचुल्का।

३३. नेपाल सरकारको नाममा बाटो कायम सिफारिस
निवेदन, जग्गाधनी प्रमाणपत्रको प्रतिलिपी, नापी नक्सा, चालू आवसम्मको मालपोत र घर भए घर–जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद, जग्गाधनीको स्वीकृतिको सनाखत गर्नुपर्ने, जग्गा धनीले सनाखत गरेको कागजात।

३४. जीवितसँगको नाता प्रमाणित
निवेदन तथा नागकिता प्रमाणपत्रको प्रतिलिपी, नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपी, सर्जमिन गरी बुझ्नुपर्ने भएमा साक्षी बस्ने ७ जनाको नागकिता प्रमाणपत्रको प्रतिलिपी, चालू आवसम्मको मालपोत र घर–जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद, नाता प्रमाणित गर्ने व्यक्तिहरुको २ प्रति पासपोर्ट साइजको फोटो।

३५. मृतकसँगको नाता प्रमाणित
निवेदन तथा नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपी, हकदारहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपी, मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपी, मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपी, हकवाला नावालक भए जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपी, बसाइँ सरी आएको हकमा बसाइँसराइको प्रतिलिपी, हकदारहरुको पासपोर्ट साइजको फोटो ४ प्रति, स्थानीय सर्जमिन मुचुल्का, आवश्यकताअनुसार स्थानीय प्रहरी सर्जमिन मुचुल्का।

३६. कोठा खोल्ने⁄रोहबरमा बस्ने कार्य
कारण प्रस्ट खुलेको निवेदन, चालू आवसम्मको घर–जग्गा कर, बहाल कर र मालपोत तिरेको रसिद, बहाल सम्झौताको प्रमाणित प्रतिलिपी, जिल्ला प्रशासन कार्यालयको पत्र, स्थानीय सर्जमिन मुचुल्का, आवश्यकताअनुसार स्थानीय प्रहरी, सर्जमिन मुचुल्का।

३७. निःशुल्क वा सःशुल्क स्वास्थ्य उपचार सिफारिस
निवेदन तथा नागरिकता प्रणाणपत्रको प्रतिलिपी, विपन्नता खुल्ने प्रमाण कागजात, सिफारिस आवश्यक भएको अन्य कारण।

३८. अन्य कार्यालयको मागअनुसार विवरण खुलाई पठाउने कार्य
निवेदन तथा नागरिकता प्रमाणपत्रको प्रतिलिपी, कार्यालयको पत्र, विषयसँग सम्बन्धित अन्य कागजातहरु।

३९. संस्था दर्ता सिफारिस
विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपी, संस्था भाडामा बस्ने भए सम्झौतापत्र र बहाल कर तिरेको रसिद⁄नतिरेको भए तिर्नु बुझाउनुपर्ने, संस्था आफ्नै घरमा बस्ने भए सोको जग्गाधनी प्रमाणपुर्जा र नक्सापास प्रमाणपत्रको प्रतिलिपी, चालू आवसम्मको मालपोत र घर–जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धाण स्वीकृत भएको कागजात।

४०. घर–बाटो प्रमाणित
निवेदन (बाटोको नाम, टोलसमेत खुलाउने) नागरिकता प्रमाणपत्रको प्रतिलिपी, जग्गाधनीको प्रमाणपुर्जाको प्रमाणित प्रतिलिपी, जग्गा रहेको क्षेत्रको प्रमाणित सक्कल नापी नक्सा, चालू आवसम्मको मालपोत र घर–जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात, लिने र दिने दुवै व्यक्तिको नागरिकताका प्रमाणपत्रको प्र्रमाणित प्रतिलिपीसहित उपस्थित हुनुपर्ने वा निजहरुले दिएको अधिकृत वारेसको प्रमाणित प्रतिलिपी, स्थलगत निरीक्षण प्रतिवेदन।

४१. चारकिल्ला प्रमाणित
निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपी, जग्गा धनीको प्रमाण पुर्जाको प्रतिलिपी, जग्गा रहेको क्षेत्रको प्रमाणित प्रतिलिपी नापी नक्सा, चालू आवसम्मको मालपोत⁄घर–जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद, निवेदक स्वयं वा निजले अन्य व्यक्तिलाई तोकेको हकमा निज निवेदकले दिएको अधिकृत वारेसनामाको प्रमाणित प्रतिलिपी।
४२. जन्ममिति प्रमाणित
निवेदन र नागकिता प्रमाणपत्रको प्रतिलिपी, नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपी, बसाइँ सरी आएको भए सो को प्रमाणपत्र, चालू आवसम्मको मालपोत र घर–जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद।

४३. विवाह प्रमाणित
दुलहा–दुलहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपी, बसाइँ सरी आएकाको हकमा बसाइँसराइ दर्ता प्रमाणपत्र, दुलाहा–दुलही दुवै उपस्थित भई सनाखत गर्नुपर्ने, चालू आवसम्मको मालपोत र घर–जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात, वि.सं. २०३४ पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपी।

४४. घर पाताल प्रमाणित
निवेदन नागकिता प्रमाणपत्रको प्रतिलिपी र निवेदन, घरको नक्सा, नक्सापास प्रमाणपत्र, स्थलगत निरीक्षण प्रतिवेदन, चालू आवसम्मको घर–जग्गा कर वा एकीकृत सम्पत्ति कर र चालू आवसम्मको मालपोत कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएका कागजात, आवश्यकताअनुसार सर्जमिन मुचुल्का।

४५. कागज⁄मञ्जुरीनामा प्रमाणित
निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपी र निवेदन, चालू आवसम्मको मालपोत र घर–जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात, प्रमाणित गर्नुपर्ने विषयसँग सम्बन्धित प्रमाण कागजहरुको प्रतिलिपी, मञ्जुरीनामा लिने र दिने दुवै व्यक्ति।

४६. हकवाला वा हकदार प्रमाणित
नागरिकता प्रमाणपत्रको प्रतिलिपी र निवेदन, नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपी, हकदार प्रमाणितका लागि स्थलगत सर्जमिन, हकदार प्रमाणित गर्ने थप प्रमाण कागज, चालू आवसम्मको मालपोत र घर–जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद, आवश्यकताअनुसार सर्जमिन मुचुल्का।

४७. अविवाहित प्रमाणित
निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपी, संरक्षक वा अभिभावकले कार्यालयको रोहबरमा गरेको सनाखत–पत्र, स्थानीय सर्जमिन मुचुल्काको पत्र, चालू आवसम्मको मालपोत र घर–जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद, विदेशमा रहेकाको हकमा विदेशस्थित नेपाली नियोगबाट आएको सिफारिस।

४८. जग्गा रेखांकनको कार्य⁄सो कार्यमा रोहबर
निवेदनपत्र, सम्बन्धित कार्यालयको पत्र, प्राविधिक प्रतिवेदन, चालू आवसम्मको मालपोत र घर–जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद।

४९. जग्गाधनी पुर्जा हराएको सिफारिस
निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपी, चालू आवसम्मको मालपोत र घर–जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद, जग्गाधनीको प्रमाण पुर्जाको प्रतिलिपी, निवेदकका स्थायी वतन जग्गा रहेको वडाको नभएमा स्थानीय सर्जमिन मुचुल्का।

५०. पुर्जामा घर कायम गर्ने सिफारिस
निवेदन र नागकिता प्रमाणपत्रको प्रतिलिपी, भवन नक्सापास प्रमाणपत्रको प्रतिलिपी, निर्माण सम्पन्न प्रमाणपत्रको प्रतिलिपी, चालू आवसम्मको मालपोत र घर–जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात, जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपी।

५१. अंग्रेजी सिफारिस तथा प्रमाणित
निवेदन र नागकिता प्रमाणपत्रको प्रतिलिपी, विषयसँग सम्बन्धित प्रमाण कागजातको प्रतिलिपी, चालू आवसम्मको मालपोत र घर–जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद।

५२. मिलापत्र कागज⁄उजुरी दर्ता
मिलापत्र गर्ने दुवै पक्षको संयुक्त निवेदन, सम्बन्धित व्यक्तिहरुको नागकिता प्रमाणपत्रको प्रतिलिपी, विषयसँग सम्बन्धित अन्य कागजातहरु।

५३. एकीकृत सम्पत्ति कर⁄घर–जग्गा कर
निवेदन, जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपी, भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साको प्रतिलिपी, भवन⁄जग्गा खरिद गरेको भए मालपोतबाट रजिस्ट्रेसन पारित लिखतको प्रतिलिपी, (स्थानीय तहको नाम) घोषणा हुनुपूर्व निर्माण भएका भवनका हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन, मालपोत तिरेको रसिद, आव ०५७⁄०५८ पूर्व आन्तिरिक राजस्व कार्यालयमा कर तिरेको भए सोको प्रमाणित प्रतिलिपी, नागकिता र नापी नक्साको प्रमाणित प्रतिलिपी।

५४. बहाल कर
निवेदनपत्र, बहाल सम्झौता, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेको प्रमाण पत्रको प्रतिलिपी, नागरिकताको प्रमाणित प्रतिलिपी, चालू आवसम्म घर–जग्गा र मालपोत तिरेको रसिदको वा निर्धारण आदेशको प्रमाणित प्रतिलिपी।

५५. विज्ञापन कर
निवेदन र संस्थाको प्रमाणित कागजात, सम्बन्धित स्थानीय तहमा तिर्नु बुझाउनुपर्ने व्यवसाय र अन्य करको प्रमाणित प्रतिलिपी।

५६. मालपोत वा भूमिकर
निवेदन, प्रथम वर्षका लागि जग्गा धनी प्रमाण पुर्जा, नवीकरणका लागि अघिल्लो आवमा मालपोत तिरेको रसिद वा यस कार्यालयबाट जारी गरिएको मालपोत नवीकरण बुक, घर–जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको प्रमाण।

५७. जन्मदर्ता
निवेदनपत्र, बालकको बाबु⁄आमाको नागकिता, चालू आवसम्मको मालपोत र घर–जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद, अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको परिचयपत्रको प्रमाणित प्रतिलिपी।

५८. मृत्युदर्ता
निवेदनपत्र, मृतकको नागकिता र सूचना दिन आउनेको नागरिकता, मृतकसँग सम्बन्ध जोडिने प्रमाणपत्र, अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र, मृतकको नागकिता नभएको हकमा स्थानीय सर्जमिन पत्र, सूचना दिने व्यक्तिको नागकिता नभएमा समेत स्थानीय सर्जमिन पत्र।

५९. बसाइँसराइ जाने⁄आउने दर्ता
निवेदनपत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, बसाइँसराइ गरी जानेको हकमा परिवारको विवरणसहित सम्बन्धित वडा कार्यालय बसाइँसराइको कागजात, जहाँ जाने हो त्यस ठाउँको लालपुर्जा र जुन ठाउँमा आउनेको पनि पेस गर्नुपर्ने, बसाइँसराइ गरी आउनेको हकमा बसाइँसराइ गरी ल्याएको प्रमाणपत्र, जाने–आउने सबै व्यक्तिको नागकिता⁄जम्मदर्ताको प्रतिलिपी, चालू आवसम्म घर–जग्गा र मालपोत कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद।

६०. सम्बन्ध विच्छेद दर्ता
निवेदनपत्र, अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपी, पति–पत्नीको नागकिताको प्रतिलिपी १⁄१ प्रति, केटाको स्थायी ठेगाना सम्बन्धित वडाको हुनुपर्ने।

६१. विवाह दर्ता
निवेदनपत्र, दुलाहा–दुलाहीको नागकिताको प्रमाणपत्रको प्रतिलिपी, दुलहीको नागरिकता नभएमा बाबु वा दाजुभाइको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, चालू आवसम्मको मालपोत र घर–जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद।

६२. नयाँ व्यवसाय दर्ता
निवेदनपत्र, नागकिता प्रमाणपत्रको प्रतिलिपी, विदेशीको हकमा राहदानीको प्रमाणित प्रतिलिपी वा सम्बन्धित दूतावासको निजको परिचय खुल्ने सिफारिस, २ प्रति फोटो, घर बहाल सम्झौता, आफ्नै घर टहरा भए चालू आवसम्मको मालपोत र घरजग्गा कर तिरेको, स्थानीय तहको नाममा दर्ता नगरी प्यान वा अन्य निकायमा दर्ता गरी व्यवसाय दर्ता गरेको हकमा प्यान दर्ता वा अन्य निकायबाट जारी गरेको व्यवसाय प्रमाणपत्रको प्रतिलिपी।

६३. व्यवसाय नवीकरण
निवेदनपत्र, नागरिकता प्रमाणपत्रको प्रतिलिपी, स्थानीय तहबाट दर्ता भएको व्यवसाय दर्ताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी, बहाल सम्झौताको प्रतिलिपी, आफ्नै घर टहरा भए चालू आवसम्मको मालपोत र घर–जग्गा कर तिरेको।

६४. उल्लेखितबाहेक अन्य स्थानीय आवश्यकताअनुसारका सिफारिस⁄प्रमाणितहरू
नागरिकता प्रमाणपत्रको प्रतिलिपी र निवेदन, विषयसँग सम्बन्धित प्रमाण कागजात, चालू आवसम्मको मालपोत र घर–जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात।

प्रतिक्रिया दिनुहोस्