जोहेब र रमिता सँगै



सार्वजनिक भएको छोटो समयमा नै पपगीत के यो माया होको म्युजिक भिडियोले चर्चा पाएको छ। यस गीतमा गायक जोहेब मानन्धर र चर्चित मोडेल, कोरेयोग्राफर र गायिका रमिता भण्डारीको स्वर रहेको छ। गीतमा गायक जोहेब मानन्धरको शब्द र संगीत रहेको छ।

गायिका भण्डारी गायन क्षेत्र, अभिनय र इभेन्टमा व्यस्त छिन्। इन्भेन्ट कम्पनी रसलाइट मिडियाकी अध्यक्षसमेत रहेकी उनी छिट्टै गीतिसंग्रह ल्याउने तयारीमा छिन्। उनका सबै गीत दर्शक र स्रोताले मन पराएका छन्। गीतमा एरेन्ज सन्दीप कार्कीको छ भने म्युजिक भिडियोमा जोहेब र रमिता आफैंले अभिनय गरेका छन्। यस भिडियो निर्माण रसलाइट मिडियाले गरेको छ।

प्रतिक्रिया दिनुहोस्