बेवाचबाट प्रियंकाका सिन घटाइँदै



बलिउड सुन्दरी तथा पूर्वविश्व सुन्दरी प्रियंका चोपडाद्वारा अभिनित पहिलो हलिउड फिल्म बेवाच प्रदर्शन हुन अब केही दिनमात्र बाँकी छ। त्यसका लागि यो फिल्मको प्रचारप्रसार अनौठो ढंगबाट गरिइरहेको छ।

प्रियंकाले विदेशमा बिकिनी पहिरेर समुद्रमा जलक्रिडा गरिरहेको तथा सामाजिक सञ्जालमा उनका हट तस्वीर भारतीय दर्शकले हेरिरहेका छन्। प्रियंकाको यस्तो हट पोजहरु हालसम्म कतै नदेखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

भारतमा रहेका प्रियंकाका फ्यानले आशा गरेका छन् कि बेवाचमा प्रियंकाको बिकिनीमा केही सट हुनेछ। भारतको सेन्सर बोर्डलाई पनि यसप्रति केही आपत्ति छैन। प्रियंकाको सवालमा सेन्सर बोर्डले कैंची ननिकालेको र फिल्म पास गरिदिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। र पनि उनका केही दृश्य फिल्मबाट हटाइन लागेको समाचारमा उल्लेख छ।

समाचारअनुसार फिल्मका निर्माताले नै भारतीय संस्करणको बेवाचबाट प्रियंकाका बिकिनी सटहरु कम गर्दै छ। फिल्मका निर्मातालाई लागेको छ कि प्रियंकाको यो खुलापन भारतीय दर्शकले मन पराउँदैनन्। त्यसैले फिल्मको निर्माण पक्षले फिल्मबाट उनका केही उत्तेजक दृश्य हटाउने निर्णय गरेको छ। भारतीय दर्शकले आफ्ना नायिकाको एक⁄दुई यस्ता सट हेर्न मन पराए पनि बेवाचमा यस्ता दृश्य धेरै छन्। त्यसैले ती दृश्यलाई काँटछाँट गरेर छोटो बनाइने भएको छ।

प्रतिक्रिया दिनुहोस्