म्यादी प्रहरीले गस्ती थाले



ललित सिंह, बझा·
स्थानीय निर्वाचनमा शान्ति सुरक्षा दिन भर्ना गरिएका म्यादी प्रहरी गस्ती गर्न थालेका छन्। जेठ ३१ गते हुने दोसं्रो चरणको स्थानीय तहको निर्वाचनमा आफ्नो पक्षमा मतदातालाई फकाउन गाउँमा गएका राजनीतिक दलका नेता कार्यकर्ताबीच झडप हुने सम्भावना रोक्न र विध्वंस गतिविधि नहोस भने र जिल्ला प्रहरी कार्यालय बझाङले म्यादी प्रहरीलाई गस्ती गराउन थालेको हो।

कहिले राति त कहिले दिउँसो शान्तिसुरक्षा कायम गर्न गाउँ र शहरमा गस्ती गरी रहेको म्यादी प्रहरीमा भर्ना रुपा सिहंले बताए। उनले भने– ‘वैशाख महिनामा चुनाव हुने भनेर चैत्रमा म्यादी प्रहरीमा भर्ना भइयो दोस्रो चरणको चुनाव जेठ महिनामा हुने भनेपछि अहिले गस्ती र डिउटी गर्दैे बिहानको क्याम्पसको पढाइ छुटन थालेको छ। कहिले गस्ती त कहिले डिउटी गर्दै विद्यालयमा पढाउन नपाएकोमा चिन्ता लागेको अर्का म्यादी प्रहरी वीरेन्द्र जेठाराले बताउँछन्।२० वर्षपछि स्थानीय तहको चुनाव हुनेर त्यसमा आफूले शान्ति सुरक्षा दिए र चुनाव गराउने ठूलो धोका भएकाले म्यादी प्रहरीमा भर्ना भएको बताउँदै उनले भने– ‘विद्यालय छोडौं भने लामो समयदेखि पढाउँदै आएको, प्रहरी छोडूँ भने अब २४ दिन मात्र बाँकी के गर्ने के नगर्ने भएको छ।

गाउँमा चुनाबी चहलपहल निकै बढेको छ नेपाली कांग्रेस ,एमाले र माआवादी केन्द्रका नेता तथा कार्यकर्ता जनताको घरदैलो अभियानमा लागिरहेका छन् प्रहरीको गस्ती नगराए जति खेर पनि घटना हुन सक्ने मष्टा गाउँपालिकाका स्थानीय कलक बोहराले बताए। उनले भने अहिलेसम्म भएका कुनै पनि चुनावमा साविक रिलु गाविसमा घटना नभएको चुनावै छैन। यसअघिका चुनावमा एमालेका कार्यकर्ताले अरु पार्टीलाई गाउँमा गए गाली गर्ने ढु·ा हान्ने र लखेटने गरेको आरोप लगाउन उनले अहिले भने प्रहरीको गस्तीले गर्दा यस्तो घटना नभएको बताए।
चुनावी माहोल निकै बढेको छ एक पार्टीले अर्को पार्टीलाई आरोप प्रत्यारोप लगाउने समय भएकाले झडप नहोस् भनेर प्रहरी गस्ती गरिरहेको प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए। उनले भने प्रहरीको दरबन्दी २ सय ८० जना हो थप अहिले ५ सय ७३ जना म्यादी भएकाले शान्ति सुरक्षा दिन सजिलो भएको छ। सदरमुकामवरपर जिल्ला र अन्य ठाउँमा चौकी इलाका र सीमा प्रहरी चौकीले सुरक्षा दिइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्