कांग्रेसले उम्मेदवारको टुंगो लगायो



दयाराम पण्डित, बाजुरा
नेपाली कांग्रेस जिल्ला कार्यसमिति बाजुराले यहीं जेठ ३१ गते हुने भनिएको स्थानीहतहको निर्वाचनका लागि आफ्ना उम्मेदवारको टुंगो लगाएको छ। बाजुराका ४ नगरपालिका र ५ गाउँपालिकाका लागि मेयर उपमेयर तथा अध्यक्ष उपाध्यक्षको अधिकांश पदको टुंगो लागेको जनाएको छ।

कांग्रेसका नेताहरूले जानकारी दिएअनुसार बढिमालिका नगरपालिको मेयर पदको उम्मेदवारमा बढिमालिका नगर कार्यसमिति सभापति पदम बडुवाललाई दिइएको छ। बुढिगंगा नगरपालिकाको मेयरका लागि नेपाली कांग्रेस जिल्ला कार्य समिति सचिव दिपकविक्रम शाहलाई दिइएको छ भने उप–मेयरमा तारादेवी खाती (थापा) लाई दिइएको छ। बुढीनन्दा नगरपालिकाको मेयरको उम्मेदवार पदम गिरी छन् भने उपमेयरमा रिता शाही सिंहलाई दिइएको छ।

त्यसै गरी त्रिवेणी नगरपालिकाका लागि मेयरका उम्मेदवारमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति बाजुराका बरिष्ठ सदस्य रामसिंह रावललाई दिएको छ भने उपमेयरमा राधिका सुनारलाई दिएको छ। सुनार एकल महिला पनि हुन्।
हिमाली गाउँपालिकाको अध्यक्ष पदका लागि नेपाली कांग्रेस जिल्ला कार्यसमिती उप–सभापतिसमेत रहेका गोविन्दबहादुर मल्ललाई दिएको छ। स्वामीकार्तिक गाउँपालिकाको अध्यक्षको उम्मेदवार भरत रोकाया छन् भने उपाध्यक्षको नाम खुलाइएको छैन। त्यस्तै गौमुल गाउँपालिकाको अध्यक्षमा कांग्रेस जिल्लाकार्य समिति सदस्य देबहादुर रोकाया छन् भने उपाध्यक्षमा कांग्रेस जिल्ला कार्य समिती सदस्य उमा रोकाया रहेकी छिन्।

छेडेदह गाउँपालिकाको अध्यक्षको उम्मेदवारमा नरबहादुर रावत रहेका छन्। त्यसै गरी अधिकांश वडा अध्यक्ष र सदस्यको पनि टुंगो लागेको पार्टी सचिव एवं बुढीगंगा नगरपालिकाका अध्यक्ष पदका उम्मेदवार दिपकविक्रम शाहले बताउनुभएको छ।

प्रतिक्रिया दिनुहोस्