बाजुरामा कांग्रेस उम्मेदवारको टुंगो लाग्यो



दयाराम पण्डित, बाजुरा ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति बाजुराले यही जेठ ३१ गते हुने भनिएको स्थानीहतहको निर्वाचनका लागि आफ्ना उम्मेदवारको टुुंगोलगाएको छ । बाजुराका चारनगरपालिका र पाँच गाउँपालिकाको लागि मेयर उपमेयर तथा अध्यक्ष उपाध्यक्षको अधिकांश पदको टुुँगोे लागेको कांग्रेस श्रोतले जानकारी दिएको छ ।

प्राप्तजानकारी अनुसारः बढिमालिका नगरपालिको मेयर पदको उमेदवारमा बढिमालिका नगर कार्यसमिति सभापति पदम बडुवाललाई दियएको छ । बुढिगंगा नगरपालिका को मेयरका लागि नेपाली काँग्रेस जिल्ला कार्य समिति सचिव दिपकबिक्रम शाहलाई दिएको छ भने उप—मेयरमा तारादेवी खाती( थापा)लाई दिएको छ ।

बुढिनन्दा नगरपालिको मेयरको उम्मेदवार पदम गिरी छन् भने उपमेयरमा रिता शाही –शिंहलाई दिएको छ । त्यसैगरी त्रिबेणी नगरपालिकाको लागि मेयरका उम्मेदवारमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति बाजुराका बरिष्ठ सदस्य रामसिंह रावललार्ई दिएको छ भने उपमेयरमा राधिका सुनारलाई दिएको छ । सुनार एकल महिला पनि हुन्।

हिमाली गाउँपालिकाको अध्यक्ष पदका लागिनेपालीकांग्रेस जिल्ला कार्यसमिती उप—सभापति समेतरहेका गाविन्द वहादुर मल्ललार्ई दिएको छ । स्वामीकार्तिक गाउँपालिकाको अध्यक्षको उमेदवार भरत रोकाया छन् भने उपाध्यक्षको नाम खुलाइएको छैन । त्यस्तै गौमुल गाउँपालिकाको अध्यक्षमा कांग्रेस जिल्लाकार्य समिति सदस्य देवहादुर रोकाया छन् भने उपाध्यक्षमा कांग्रेस जिल्लाकार्य समिती सदस्य उमा रोकाया रहेकी छिन्। छेडेदह गाउँ पालिकाको अध्यक्षको उमेदवारमा नरबहादुर रावत रहेका छन् ।

त्यसैगरी अधिकांसवडा अध्यक्ष र सदस्यको पनि टुंगो लागेको पार्टी सचिव एबं बुढिगंगानगरपालिकाका अध्यक्ष पदका उम्मेदवार दिपकविक्रम शाहले बताउनुुभएको छ । पाण्डवगुफाको अध्यक्ष उपाध्यक्षका उम्मेदवारको नाम भने सिफारिस भएको छैन । अधिकांस स्थानीय तहमा कांग्रेसले युवा नेतृत्वलाई उम्मेदवारी दिएकोछ । महिला र दलितलाई भने प्रमुख पदमा कांग्रसले पनि उम्मेदवारी दिन सकेको छैन ।

त्यस्तै बाजुराको सदरमुकामको वढिमालिका नगरपालिकाको उपमेयरको उम्मेदवारको पनि टुंगो लगाएको छैन । नेपाली कांग्रस र नेकपा माओवादी केन्द्र बीच केही ठाउमा तालमेल हुनसक्ने कांग्रेस श्रोतले जनाएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले यस अघिनै आफ्रना उम्मेदावरको टुंगो लगाइसकेको वताएको छ । यद्येपी आधिकारिकरुपमा आ—आफ्ना उम्मेदवारको नाम भने सार्वजनिक गरेका छनै।

तिन दिन सम्म सञ्चालन भएको बैठकले गहन छलफल तथा कार्यकर्ताको कार्यसम्पादन र जनभावनालाई कदर गर्दै टिकट दिने निर्णय गरेको सभापति पण्डितले बताउनुभयो । प्रत्यक पदका प्रत्यासी धेरै थिए सबै आकांक्षीलाई लाई सम्झाएर प्रत्यासीकै सल्लाहमा टिकट दिने सहमती भएको हो नेपालीकांग्रेस जिल्ला कार्यसमिति सभापति कबिराज पण्डितले बताउनुुभयो । नेपालीकांग्रस केन्दीय सदस्य एवं सांषद बद्री प्रसाद पाण्डेको उपस्थितीमा पाटीसभापति कविराज पण्डित पूर्व सभापति मानवहादुर रावल कांग्रेस नेता जनकराज गिरी ,देवराज जोशी,महाँ नेपाली, सचिव दिपकविक्रम शाह कोषाध्यक्ष नारायण पाध्याय लगायतको उपसिस्थतीमाटिकट वितरण गरेको वताईएको छ । यद्येपी आधिकारिकरुपमा सार्वजनिक भने गरेको छैन ।

नौ तहका२६३ सिटका लागि निर्वाचन

बाजुराका चार नगरपालिकाका ३८ वडा र पांच गाउँपालिकाका २१ वडा गरी जम्मा ६९ वडा रहेकाछन् । मेयर उपमेर सहित १९८ सिट नगरपालिकामा र अध्यक्ष उपाध्यक्ष सहित एक सय पैंसठी गाउपालीका गरी जम्म २६३ सिटको निर्वाचन हुने जिल्ला निर्वाचन काार्यालय बाजुराका सूचना अधिकारी मानबहादुर थापाले जानकारी दिनुुभएको छ ।

६४ हजार नौं सय पचास मतदाता छन् भने ३२ हजार चार सय सत्ताईस महिला ३२ हजार पांच सय २१ पूरुष र दुुईजना तेस्रो लिंगी छन् । बाजुराका ९१ बुंद केन्द्रका ६९ मतदान स्थल रहेको जिल्ला निर्वाचन कार्यलयका सूचनाअधिकारी थापाले जानकारी गराउनुु भएको छ । साथै मतदातालाई सबैले आआफ्नो क्षेत्रबाट मतदाता शिक्षा दिन पनि थापाले अनुरोध गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्