विहान कांग्रेस, दिउँसो एमाले अगाडि



नेपाल समाचारपत्र, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार अगाडि लागेका छन् । मंगलबार विहानदेखि कांग्रेसका उम्मेदवार अगाडि भए पनि दिउ“सो फेरि नेकपा एमालेका उम्मेदवार ५४ मतले अगाडि बढेका हुन् ।

नेकपा एमालेका तर्फबाट मेयर उम्मेदवार हरिबहादुर महतले २० हजार २० मत प्राप्त गर्दै अगाडि बढेका हुन् । उनलाई पछ्याउ“दै कांग्रेसका उम्मेदवार आनन्दराम पराजुलीले १९ हजार ९ सय ६६ मत प्राप्त गरेका छन् ।

हेटौंडाको १६ वटा वडा तथा १० नम्बर वडाको १ हजार ७ सय मत र ९ नम्बरमा ९ सय मत गनिसक्दासम्म ५४ मतले एमाले अगाडि लागेको हो । राप्रपाका उम्मेदवार मधु अधिकारीले ६ हजार २ सय ८८ मत प्राप्त गरेका छन् ।

उपमेयरमा भने नेकपा एमालेकी मीना लामाले सुरुदेखिको अग्रता कायम गरि २० हजार २ सय ८ मत प्राप्त गरेकी छन् । उनलाई पछ्याउ“दै गठबन्धनका उम्मेदवार माओबादी केन्द्रका बलराम बलले १४ हजार ९ सय ९३ मत प्राप्त गरेका छन् । राप्रपाका उपमेयर उम्मेदवार इन्दिरा न्यौपानेले ७ हजार ८६ मत प्राप्त गरेकी छन् ।

कांग्रेस र माओबादी केन्द्रको गठबन्धनका मेयर उम्मेदवार र एमालेका उम्मेदवारबीच कडा प्रतिस्पर्धा छ । सोमबार दिनभरजसो एमालेका मेयर उम्मेदवार महत अगाडि बढे पनि मंगलबार विहानबाट भने गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार पराजुली अगाडि बढेका थिए । दिउ“सो साढे तीन बजेपछि एमालेका उम्मेदवार अगाडि बढेका छन् ।

माओबादी र एमाले विजयी

हेटौंडा–१२ को मतगणना सकि“दा वडा अध्यक्षमा माओबादी केन्द्रका ललित घलान विजयी भएका छन् । उनी १ हजार १ सय ३ मत प्राप्त गर्दै अध्यक्ष निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अर्जुन तिवारीले ९ सय ९३ मत प्राप्त गरे भने नेकपा एमालेका रामचन्द्र स्यांबोले ९ सय ६९ मत प्राप्त गरे ।

उक्त वडाको सुरुदेखि नै अध्यक्षमा अग्रता कायम गरेका घलानले अन्तिमसम्म पनि बढी मत कायम गरे । सदस्यमा भने २ जना माओबादी केन्द्र र दुई जना सदस्य नेकपा एमालेका उम्मेदवार जिजयी भएका छन् ।

हेटौंडा–१३ मा नेकपा एमालेका मनोज वाइबा अध्यक्ष निर्वाचित भएका छन् । वाइबाले ८ सय ५५ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कृष्ण थिङले ८ सय ४७ मत ल्याए । ८ मतको झिनो अन्तरले थिङ पराजित भए । वडा नम्बर १३ मा नेकपा एमालेका ३ सदस्य र नेपाली कांग्रेसका एक सदस्य निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्