एमालेले विरोध गरेपछि ललितपुर महानगरपालिकाको मत गणना रोकियो



ललितपुर (नेस) ।

अन्तिम चरणमा पुगेको ललितपुर महानगपालिकाको मतगणना रोकिएको छ ।

गणकले जालझेल गरेको भन्दै नेकपा एमालेले निर्वाचन आयोगमा उजुरी दिएपछि गणना स्थगित भएकोछ ।

ललितपुरमा एमालेका मेयर उम्मेदवार हरिकृष्ण ब्यजनकारले वडा नम्बर ४, ९ र २६ को मत गणना गर्दा गणकले झेल गरेको भन्दै आयोगमा उजुरी दिएका छन् ।

उनले उक्त वडामा पुनः मत गणनाको माग गरेका छन् । तर मुख्य निर्वाचन अधिकृतले त्यस कुरालाई समर्थन नगरेपछि ब्यजनकार निर्वाचन आयोगमै उजुरी दिन पुगेका हुन ।

अब ललितपुरमा २८ र २९ वडाको मात्रै मत गणना बाँकि छ । हालसम्म कांग्रेस अग्र स्थानमा देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्