स्थानीय तहको संख्या बढाउँदा आयोगमाथि थप जिम्मेवारी- प्रमुख निर्वाचन आयुक्त यादव



विराटनगर, ९ जेठ । प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले सरकारले स्थानीय तहको सङ्ख्या बढाउने निर्णयले आयोगमाथि थप जिम्मेवारी आएको बताउनुभएको छ ।

यहाँ आज आयोजित पत्रकार भेटघाटमा उहाँले आयोगको प्राविधिकसहितको बैठकले यस विषयमा गहन रुपमा छलफल गरी समस्यालाई एक सातामा समाधान गर्ने प्रतिबद्धता प्रकट गर्नुभयो ।

उहाँले स्थानीय तहको सङ्ख्या बढेकाले मतदाता नामावली, मतदाता परिचयपत्रका साथै अन्य सामग्रीको व्यवस्थापनका लागि आयोगसक्षम अर्काे काम थपिएको जानकारी गराउनुभयो ।

पत्रकारको जिज्ञासामा उहाँले दोस्रो चरणको निर्वाचनमा राजपालाई ‘छाता’ चुनाव चिह्न दिन नसकिने स्पष्ट पार्नुभयो । उहाँले दोस्रो चरणको मतगणना छिटो गर्नका लागि सम्बन्धित पक्षलाई निर्देशन दिइएको जानकारी गराउनुभयो ।

उहाँले जेठ १५ गते हुने बजेट भाषणका लागि आयोगको आचारसंहितानुकूल नै बजेट ल्याउन सरकारलाई पत्राचार गरी ध्यानाकर्षण गराइएको र आयोगसहित विभिन्न राजनीतिक दलको सामूहिक बैठकमा सो प्रतिबद्धता प्रकट पनि गरिएको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्