माओवादी केन्द्र र एमाले रुकुमद्वारा उम्मेदवारको टुङ्गो



कुम, ९ जेठ । आगामी जेठ ३१ गते दोस्रो चरणमा हुने स्थानीय तहको निर्वाचनका लागि यहाँ नेकपा ९माओवादी केन्द्र० र नेकपा ९एमाले०ले उम्मेदवारको टुङ्गो लगाएका छन् । जिल्लाका छ स्थानीय तहमा पहिलो चरणमा निर्वाचन भयो भने बाँकी तीनवटा स्थानीय तहमा दोस्रो चरणमा निर्वाचन हुँदैछ ।

दोस्रो चरणमा निर्वाचन हुने सिस्ने, भुमे र पुथाउत्तरगङ्गा गाउँपालिका सबैमा उम्मेदवारको टुङ्गो लगाएको दुवै पार्टीले जानकारी दिएका छन् ।

यी गाउँपालिकामध्ये नेकपा ९माओवादी केन्द्र० पुथाउत्तरगङ्गा गाउँपालिकाको अध्यक्षमा ओमप्रकाश घर्ती, उपाध्यक्षमा ओमकुमारी शाही मल्ल, भुमे गाउँपालिकाको अध्यक्षमा रामसुर बुढा, उपाध्यक्षमा मञ्जु विष्ट र सिस्ने गाउँपालिकाको अध्यक्षमा कुमारी बराल, उपाध्यक्षमा गोवद्र्धन बुढालाई उम्मेदवार बनाउने निर्णय गरेको जिल्ला इन्चार्ज तेजबहादुर ओलीले जानकारी दिनुभएको छ ।

यस्तै, एमालेले पनि सिस्ने गाउँपालिकाको अध्यक्षमा नन्दलाल शर्मालाई, उपाध्यक्षमा नुमेन्द्रा खड्कालाई, भुमे गाउँपालिकाको अध्यक्षमा आशा स्वर्णकार, उपाध्यक्षमा कमानसिङ डाँगी र पुथाउत्तरगङ्गा गाउँपालिकाको अध्यक्षमा भिउमान घर्ती र उपाध्यक्षमा सीता घतानलाई टिकट दिने निर्णय गरेको एमाले प्रचार विभाग उपसंयोजक कर्णबहादुर ओलीले जानकारी दिनुभयो ।

अध्यक्ष र उपाध्यक्षको टुङ्गो लागेपछि दलहरु वडा अध्यक्ष र सदस्यको टुङ्गो लगाउने तयारीमा जुटेको बताएका छन् । नेपाली काँग्रेसले भने छलफलमा रहेकाले अबको एक÷दुई दिनमा सबै उम्मेदवारको टुङ्गो लाग्ने बताएको छ । गाउँपालिका अध्यक्ष उपाध्यक्ष र वडा अध्यक्ष तथा सदस्य सबैको एक साथ टुङ्गो लगाउनु पर्ने भएकाले केही दिन ढिला भएको जिल्ला सभापति प्रेमप्रकाश ओलीले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्