आचारसंहिता विपरीत २०५ वटा सामग्री प्रकाशन/प्रशारण



काठमाडौँ, ८ जेठ । प्रेस काउन्सिल नेपालले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा विभिन्न सञ्चार माध्यममा निर्वाचन आचारसंहिता विपरीत २०५ वटा सामग्री प्रकाशन/प्रशारण भएको पाइएको जनाएको छ ।

आज यहाँ काउन्सिलले प्रतिवेदन सार्वजनिक गर्दै निर्वाचनका समयमा १२७ सञ्चारमाध्यमका २०५ वटा सामग्री आचारसहिंता विपरीत पाइएको जनाएको हो ।

सतसठ्ठी छापामाध्यममा प्रकाशित ११५ सामग्री, ४९ अनलाइनमा प्रकाशित÷प्रसारित ६५ सामग्री, छ वटा टेलिभिजनबाट प्रसारित १३ सामग्री, पाँच वटा रेडियोका १२ सामग्रीले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको पाइएको काउन्सिलका मुख्यअधिकृत झवीन्द्र भुसालले बताउनुभयो ।

काउन्सिलले गत वैशाख १५ गतेदेखि निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समिति गठन गरी विभिन्न सञ्चारमाध्यमको अनगुमगन गरेको थियो ।

मुख्य अधिकृत भुसालले सञ्चारमाध्ययमले निर्वाचन आचारसंहिता विपरीत चुनावी प्रचारप्रसार गरेको पाइएको जानकारी गराउनुभयो । काउन्सिलले निर्वाचनको मौन समयावधि अघि, मौनसमयावधि र निर्वाचनपश्चातको अवधिको अनगुमन गरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्