स्थानीय तहको चुनाव जित्न कार्यकर्ता चोर्ने रणनीति बनाउदै दलहरु



कृष्णउदास खनाल, वीरगन्ज ।
धेरै बर्ष कम्यूनिष्टको राजनीति गरेका प्रल्हाद गिरी सोमबारबाट एमाले परित्याग गरेको घोषणा गरे र त्यसो त एमालेकै अर्का स्थानीय प्रभावशाली मानिएका नेता प्रधुम्न चौहानले पनि एमाले छाडेको घोषणा गरे । यी दुबै नेता पर्सामा एमाले जन्माउने नेताको रुपमा कतिपय ब्यक्तिहरुमा माझमा चिनिने गर्दछन् ।

सोमबार यी दुबै नेताले एमाले परित्याग गर्नुको राजनीतिक रुपमा अर्थ छ । यही जेठ ३१ गते हु्न गइरहेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर उनीहरुले पार्टी छाडेका हुन् तर राजनीति भने छाडेको होइनन्। उनीहरु संघीय समाजबादी फोरम नेपालमा प्रवेश गर्ने तयारी गरेका छन् । एमालेको लगभग “लालकिल्ला”को रुपमा रहेको पर्साको किल्ला भत्काउजने सोचमा फोरम नेपाल रहेको छ । एमाले नै मुख्य प्रतिद्वन्दी भएका कारण यसको किल्ला भत्काए निर्वाचन पर्सामा जित्न सहज हुने फोरमका जिल्ला नेताहरुको तर्क छ ।

अहिले पर्साको ग्रामीण भेगमा सबै पार्टीको प्रवेश कार्यक्रम छ । पार्टीमा आउनेलाई स्वागत गरिने र आफ्नो पार्टीले मधेशमा राम्रै स्थान ल्याउने फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले बताए ।कांग्रेस र एमाले लगायतका ठूला दलहरुले पनि पर्सामा चुनावी कार्यक्रमलाई तीब्र बनाएका छन् । मधेशवादी दलहरुले भने एमाले र कांग्रेसका कार्यकर्ता चोर्नका लागि नीति बनाइएको एक नेताले बताए । संबिधान सभाको चुनावमा तीन क्षेत्रमा एमाले र दुई क्षेत्रमा कांग्रेसले जीत हासिल गरेका कारण यीनको गढ भत्काइए स्थानीय तहको निर्वाचनमा सहज जित हुने बिश्लेषण मधेशवादी दलहरुको छ ।

एमाले समर्थित पत्रकार केसी लामिछानेले भने सोमबार आफ्नो फेसबुक पेजमा आफ्ना धारणा सार्वजनिक गर्र्दै एमाले बिचलित हुने अवस्था पर्सामा नभएको कुरा घुमाउरो पारमा लेखेका छन् ।त्यसो त अर्का एमाले समर्थित पत्रकार महेश दासले त एमालेमा प्रल्हाद गिरी र प्रधुम्न चौहानले भाडभैलो मच्चाउने गरेका कारण उनीहरुले पार्टी छाड्नु भनेको एमालेको जीत सहज भएको बिश्लेषण गरेका छन् । पर्सामा स्थानीय तहको चुनावको दिन नजिकिदै गर्दा नेता कार्यकर्ता चोर्नेक्रम भने बढ्दै गइरहेको यहाँका नागरिक समाजको बिश्लेषण छ । पर्सामा जेठ ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयले तयारी थालेसंगै दलहरु पनि आन्तरिक रणनीतिमा जुटेका हुन् ।

प्रतिक्रिया दिनुहोस्