सामुदायिक वनमा तस्कर सलबलाउँदै, ठेकेदारका हातमा डोटीका वन



विमल विष्ट, डोटी ।
डोटी जिल्लामा रहेका अधिकांस सामाुदायिक वनहरु ठेकेदारको ईसारामा चल्ने गरेको एक कार्यक्रक्रमका सहभागीले आरोप लगाएका छन् ।

जिल्ला वन कार्यालय डोटीले सोमवार जिल्ला सदरमुकाम सिलगढीमा आयोजना गरेको बैज्ञानिक वन ब्यबस्थापन सम्बन्धि एकदिनेअन्तरक्रिया कार्यक्रमका सहभागिहरुले सो आरोप लगाएका हुन् ।

कार्यक्रममा सहभागि भएका अधिकांस बक्ताहरुले डोटीका सामुदायिक वनहरुमा ठेकेदारहरुले सामुदायिक वनको आईईए देखी लिएर अन्य सामान्य काम काजमा पनि पहिले नै आफैले लगानी लगाउने गरेका कारण रुखहरु पनि ठेकेदारले भनेको बेलामा काटिन थालेको आरोप लगाएका थिए ।

ठेकेदारहरुकहाँ यहाँका सामुदयिक बनका लेटरप्याड तथा छापहरुहुने गरेको र ठेकेदारको भनेअनुसारको नै डोटीमा रुख काटिन थालेको आरोप सहभागिहरुको थियो । त्यस्तै सोही कार्यक्रममा सहभागि नेपाली काग्रेसका डोटी पार्टि सभापति प्रदिव देउवाले डोटीमा बैज्ञानिक वन ब्यबस्थापन तथा सामुदायिक वनको स्तरोउन्नती गर्ने हो भने पहिले आफनो मन सफा हुनु पर्ने बताउनु भयोे ।

उहाँले भन्नु भयो ‘मनमा पाप राखेर रुख काटेर गोजी भरौला भन्ने उदेश्यले डोटीमा बैज्ञानिक वन ब्यबस्थापन हुनै सक्दैन ।’ त्यस्तै कार्यक्रमका प्रमुख अतिथी तथा डोटीका प्रमुख जिल्ला अधिकारी गोकर्णप्रशाद शर्माले एकले अर्कालाई दोस लगायर भन्दा पनि उपभोक्ता,सामुदायिक वन तथा जिल्ला वन मिलेर यहाँको वन जोगाउन र बैज्ञानिक वन ब्यबस्थापनमा लाग्नु पर्ने बताउनु भयो ।

उहाँले भन्नु भयो ‘पैसा आउछ भन्ने नाममा आफनो सामुदायिक वन उजाड गर्नु भनेको मुर्खतायी गर्नु भएकाले सामुदायिक वन जोगाउनका लागि एक रुख काटिए दुई वोट रोप्ने परिपार्टिको बिकास हुनु पर्छ ।’

उता जिल्ला वन कार्यालय डोटीका वन अधिकृत बद्री कुमार कार्किले डोटीका सामुदायिक वनहरुमा बैज्ञानिक वन ब्यबस्थापन गर्नका लागि सबैको सकारात्मक पहल हुनु पर्ने तथा सबैले आ आफनो क्षेत्र बाट सुधार हुनु पर्ने बताउनु भयो । उहाँले भन्नु भयो ‘ बैज्ञानिक वन ब्यबस्थापन तथा हरियाली डोटी वनाउनका लागि सामुदायिक वनका सदस्य देखी राजनैतिकदलहरु र वनकर्मचारीले पोजेटिभ हुनु पर्छ,सबैले सकारात्मक सोच गरे सफलता मिल्ने छ ।’

जिल्ला कृषि बिकास कार्यालयको सभाहलमा आयोजना गरिएको उक्त कार्यक्रमका प्रमुख अतिथीमा डोटीका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रशाद शर्मा तथा सभापतिमा स्थानियबिकास अधिकारी कृष्णप्रशाद गौतम रहनु भएको थियो । कार्यक्रममा सामुदायिक बनका पदाधिकारी कर्मचारी तथा सञ्चारकर्मिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्