सडक कालोपत्रे गर्ने एक मजदुर मृत फेला



अनिल खत्री,गुल्मी
गुल्मीमा सडक कालोपत्रे गर्ने एक मजदुरको मृत्यु भएको छ । रिडीरुद्राबेणी सडकमा कालोपत्रे गर्ने भारत मोतिहारीथाना शितलपुर १ घर भई हाल गुल्मी सत्यवती गाँउपालिका ६ अन्तर्गत उल्लिखोला नजिकै कामदार मिठु कुमार सहनी शनिवार मृत फेला परेका हुन् ।

ईलाईट कम्पनीका मजदुर १८ बर्षिय साहनी काम गर्ने स्थान देखी झन्डै ५सय मिटर पुर्व तर्फ रहेको एकतले गोठमा खाजा आराम गरी रहेको थिए ।

आराम गरेको स्थानमा साथीहरुले उठाउन खोज्दा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका असइ सत्यनारायण यादवले जानकारी दिए । उक्त घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्