बालाजु कराते टिम च्याम्पियन



काठमाडौं, (नेस)
नेपालको बालाजु कराते प्रतिष्ठानले तेस्रो अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको उपाधि जितेको छ। बालाजुले ११ स्वर्ण, ६ रजत र ७ कांस्य जित्यो।

नेपाल सितोरियो करते डो संघ, शाखा डोजा सामाखुसीद्वारा आयोजित प्रतियोगितामा भारत दोस्रो भयो। भारतले १ स्वर्ण, ६ रजत र २३ कांस्य हात पार्यो। तेस्रो स्थानमा चित्त बुझाएको श्रीलंकाले १ स्वर्ण, २ रजत र ५ कांस्य प्राप्त गर्यो।

प्रतियोगिताको पुरुषमा भारतका आयुष तिप्रे तथा महिलामा नेपालकी प्रास्ना थापा उत्कृष्ट खेलाडी चुनिए। पुरुषमा नेपालका रसेश महर्जन तथा महिलामा नेपालकै जिया खड्गी उदीयमान खेलाडी घोषित भए।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको प्रतियोगितामा बुटवलले अनुशासित टिमको उपाधि हात पार्यो। विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।

प्रतिक्रिया दिनुहोस्