ईबीए र एचएचसीए फाइनलमा



काठमाडौं, (नेस)
इडेन ब्रिज एकेडेमी (ईबीए) र एचएचसीए दोस्रो बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्स थ्री बाई थ्री स्पर्धामा आइतबार फाइनलमा प्रवेश गरेका छन्।

सेमिफाइनलमा ईबीएले ग्रिनल्यान्डलाई ९–४ ले पराजित गर्यो। ईबीएको जितमा सुम्निमा खनालले ५ अंक योगदान गरिन्। अर्को सेमिफाइनलमा एचएचसीएले स्किब्सलाई १२–९ ले हरायो। एचएचसीएकी सन्जु राईले ८ स्कोर गरिन्।
जुनियर ब्वाइजमा गोल्डेनपिकले एन्जल्स हार्टलाई ३४–३२, साविक विजेता ओडिसी इन्टरनेसनल एकेडेमीले ईबीएलाई ३४–३०, भ्याली पब्लिकले स्किब्सलाई ३८–३४ तथा लालीगुराँसले आयोजक वसुन्धारा नेसनल एकेडेमी (बीएनए) लाई ३०–२४ ले पाखा लगाउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरे। सेमिफाइनलमा लालीगुराँसको भेट ओडिसीसँग हुनेछ भने भ्याली पब्लिकले गोल्डेन पिकविरुद्ध प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया दिनुहोस्