प्यूठानमा तालमेल, कांग्रेस र माओबादी केन्द्र सँग संघियता विरोधी र एमालेको टक्कर



सलिम अन्सारी, प्यूठान ।
प्यूठानमा राजनितिक दलहरु दलिय समिकरण बनाउने कसरतमा लागिरहेका छन । जेठ ३१ गते हुने दोस्रो चरणको निर्बाचनमा तालमेल गर्न यहाँका दलहरुले आन्तरिक छलफल गरिरहेका छन ।

निर्वाचनमा सासदको पहिलो र तेस्रो ठूलो सत्तासिन नेपाली काग्रेस र नेकपा माओवादि केन्द्र मिलेर प्रतिस्पर्धाको तैयारीमा छन भने मुख्य प्रतिपक्ष दल नेकपा एमाले र संघियताको शुरु देखि नै बिपक्षमा रहेको राष्टिय जनमोर्चा मिलेर मैदानमा उत्रने कसरतमा जुटेको बताइन्छ ।

यद्धपी महिना दिन देखी दलहरु बिच दुई पक्षिय र त्रिपक्षिय संवाद र छलफल जारी रहे पनी जिल्ला तहमा ठोस निर्णय निस्कन सकेको छैन । उनिहरुले पार्टि भित्रको छलफल पश्चात मात्र चुनावी समिकरणको गृहकार्य सुरु गरेको बताएका छन । गत संबिधानसभा निर्बाचनमा जिल्लाका दुवै निर्बाचन क्षेत्रमा एमालेले जित हासिल गरेकाले आशन्न स्थानिय तह निर्वाचनमा सवै पार्टिहरु बिच समिकरण गरेर एमालेलाइ पराजित गर्ने रणनितीमा एमाले बाहेकका दलहरु लाग्न सक्ने धेरैले अडकलबाजी गरेका छन ।

तालमेलकै प्रयासका बिच सवै दलले आआफनो उम्मेदवारको टुंगो लगाएको भएपनी राष्ट्रिय जनमोर्चा बाहेकका अन्य दलले उम्मेद्धवार सार्बजनिक गरेका छैन्न । जनमोर्चाले वार्ड र पालिकामा उठने उम्मेद्धवारहरु सार्वजनिक गरी गाउँ केन्द्रित प्रचार अभियान चलाएको बताएको छ ।

जनमोर्चाका जिल्ला सचिव विदुर मल्लले समिकरणका लागी सवै दलसँग सँवाद भइरहेको जानकारी दिदै भन्नुभयो को सँग तालमेल हुन्छ भन्ने टुगोँ लागिसकेको छैन,सचिव मल्लले भन्नुभयो छलफल जारी छ। यदि तालमेल भए पनी पार्टिले अघि सारेका उम्मेद्धवारले छोडनपर्ने अवस्थामा पार्टिको निर्देशन स्विकार्ने पनी दावी गर्नुभयो ।

यता माओवादि केन्द्र भने त्रिपक्षिय समिकरणको लभिङमा छ । उसले एमाले बाहेकका शतिmसँग छलफल भैरहेको जनाएको छ । समाचारपत्रसँग टेलिफोनमा कुराकानी गर्दै माओबादी केन्द्रका जिल्ला सहसंयोजक कृष्ण अधिकारीले सत्ता साझेदार दल हुनुको नाताले पनी काग्रेससँग तालमेल गर्न सकिने बताउनुभयो ।

‘काग्रेससँग हाम्रो नजिकको छलफल भैईरहेको छ । सैद्धान्तिक सहमतीमा भने पुगिसकेका छैनौ’ सहसंयोजक अधिकारीले भन्नुभयो । राष्टिय जनमोर्चासँग समिकरण नभएको खण्डमा काग्रेससँग मात्रै भएपनी तालमेल गर्न तैयारीमा लागेको उहाँको भनाइृ छ । केन्द्रले राष्ट्रिय जनमोर्चा सहितको जिल्लामा रहेका अन्य साना दललाइ साथमा लिएर चुनावी समिकरणको गृहकार्य गरिरहदा उ आफनो मात्रै जित शुनिश्चित गर्ने दाउमा लागेको हुन सक्ने अनुमान समेत गर्न थालिएको छ ।
तर अर्को प्रतिष्प्रधी घटक नेपाली काग्रेसका एक जिल्ला तहका नेताले भने आफुहरु कसैसँग तालमेल नगर्ने खुलासा गर्नुुभएको छ । यद्धपी प्रारम्भिक चरणमा दलहरु बिच तालमेलको विषयमा कुरा चलेको उहाँले स्विकार गर्नुभयो । काग्रेस सकेसम्म एक्लै चुनावी मैदानमा उत्रन चाहेको काग्रेसका युवा नेता देवेन्द्र बर्माले बताउनुभयो । जिल्ला सचिव समेत रहनुभएका नेता बर्माले भन्नुभयो, ‘जिल्लामा काग्रेस माओबादि समिकरणको कुरा आधिकारिक होइन ।’ उहाँले गाउँस्तरका आफना कार्यकर्ताहरुलाइ समिकरण नहुने भनी जिल्ला तहबाटै निर्देशन जारी गरिएको जानकारी समेत दिनुभयो ।

संविधानले व्यबस्था गरेको थ्रेसहोल्डका कारण सँख्या नपुग्ने हुदाँ आफनो साख बचाउनका लागी समिकरणको पक्षमा राष्ट्रिय जनमोर्चा उभिएको हुनसक्ने आंकलन समेत गरिन थालिएको छ ।

यता एमाले प्यूठानले भने राजमो सँग समिकरण हुने दावि गरेको छ । एमाले जिल्ला उपाध्यक्ष हुकुम बहादुर खडकाका अनुसार हालै सकिएको पार्टिको सचिवालय बैठकले राजमोसँग तालमेल गर्ने सवालमा सर्वसहमत निर्णय गरेको जानकारी दिनुभयो । दुइ पार्टीबिच जिल्लाभरी कति तहमा कुन पार्टिले उम्मेद्धारी पाउने भन्ने बारेमा सहमती हुन बाँकी रहेको जानकारी दिदै उहाँले यस बारे शिर्ष नेतृत्व बिच छलफल गरी निश्कर्ष निकालिने उल्लेख गर्नुभयो ।

१ सय ५१ मतदान केन्द्र तोकिएको प्यूठानमा १ लाख २१ हजार ४ सय ४४ जना मतदाता सँख्या रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। नयाँ सँरचना अनुसार यहा दुइ नगरपालिका र सात स्थानिय तहमा चुनाव हुने छ।झण्डै दुइदशक पछि हुन लागेको चुनावमा बिना तालमेल आआफनो पार्टिको चुनाव चिन्ह लिएर मैदानमा उत्रिनुपर्ने कार्यकर्ताको माग छ ।

चारदल बिच मुख्य प्रतिस्पर्धा, कस्को रहला पल्लाभारी ?

निर्वाचनको मिती सरेपछी केहि समय सुस्ताएको जिल्लाको चुनावी माहोल फेरी तातिएको छ । अन्य साना दलको तुलनामा जिल्लामा क्रियाशिल नेकपा एमाले, राष्ट्रिय जनमोर्चा, माओवादि केन्द्र र नेपाली काग्रेसले चुनावी गतिबिधिलाइ व्यापक बनाएका छन । यिनै मुख्यदलका शिर्ष नेतृत्व तालमेलको दौडधुपमा लागिरहेका बेला उम्मेद्धवारहरु भोट माग्न घरदैलोमा ब्यस्त देखिन्छन ।

आशन्न स्थानिय तहको निर्वाचनमापनी जिल्लाभर यिनै चारदल बिच नै रोचक प्रतिस्पर्धा हुने सर्वत्र अनुमान गरिएको छ । विगतमा राजमो र एमालेले चुनावी साँठगाँठ गरिरहेको इतिहास छ । तर पछिल्ला दुवै संबिधानसभा निर्वाचनमा उनिहरु एक्लाएक्लै मैदानमा उत्रिए । २०६४ सालको निर्वाचनमा अहिलेको माओबादि केन्द्रले दुवै निर्वाचन क्षेत्रमा जित हासिल गर्यो । तर यो जित टिकिरहन सकेन र दुवै निर्बाचन क्षेत्र जितेर उवेला पहिलो भएको केन्द्रले २०७० को निर्वाचनमा हार व्यहोर्नुपर्यो ।

एकाएक माओबादि केन्द्र तेस्रो शतिm बन्यो । यस वेला एमालेले दुई ओटै निर्वाचन क्षेत्रमा आफनो पकड जमायो । २०५४ सालको निर्वाचनमा घमासान लडेको राजमोले २१ गाविस, एमालेले १७ गाविस र काग्रेसले ८ गाविसमा जित हासिल गरेको इतिहास छ ।

कहिले तालमेल त कहिले घमासान लडिरहने यि दुवै दल यसपालीको निर्वाचनमा पनी मुख्य प्रस्पिर्धीका रुपमा देखिएका छन । अन्य दलको तुलनामा जिल्लामा तुलनात्मक हिसावले यी दुवै दलको संगठनिक आधार समेत वलियो रहेको वताइन्छ ।

पुर्व निर्वाचन मत परिणमका आधारमा आशन्न निर्वाचनमा पनी यिनिहरु बिच नै कडा प्रतिस्पर्धा हुने अडकलबाजी गरिएका छन । तर कतिपयले भने चुनावमा स्थानिय ब्यातिm उम्मेद्धवार हुने हुँदा विगतको मतपरिणमले फेल खान सक्ने बताउछन । जिल्लाबाट राष्ट्रिय राजनितीमा सिधा पहुँच नभएकाले गाउँस्तरमा राष्टिय जनमोर्चाका कार्यकर्तामा निराशापन र उस्को अवस्था समेत कमजोर हुँदै गएको बताइन्छ ।

माओवादि केन्द्र भने हाल सरकारको नेतृत्व गरिरहेकाले यसैलाइ चुनाव जित्ने सुत्रका रुपमा लिएको कतिपयको टिप्पणी छ । तर यता काग्रेस भने बिगतको विरासत दोहोराउने गरी चुनावमा लागेको छ ।
कंग्रेस २०४८ साल फर्काउने दाउमा मसिनरी गाउँ पसेको छ । उस्ले सँंठनलाइ चलायमान पनी उस्तै बनाएको छ । २०४८ सालमा मसालले चुनाव बहिस्कार गरेका कारण काग्रेसले दुर्वै निर्बाचन क्षेत्रमा जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्