वालिङमा जिप दुर्घटना हुँदा एकको मृत्यु



वालिङ, ७ जेठ । वालिङ नगरपालिका– १४ मा आज बिहान जिप दुर्घटना हुँदा जिपमा सवार वालिङ – १४ बस्ने २५ वर्षीया सानु खाँडको मृत्यु भएको छ ।

वडा प्रहरी कार्यालय वालिङका अनुसार वालिङ नगरपालिका– १४ पेखु ठानाबाट वालिङतर्फ आउँदै गरेको ग १ ज ५४१६ नंको जिप दुर्घटनामा परी गम्भीर घाइते भएका वालिङ– १४ बस्ने १५ वर्षीया निशा खवास र चापाकोट नगरपालिका– ४ बस्ने १५ वर्षीया पूजासिंह ठकुरीलाई थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएको छ ।

दुर्घटनामा सामान्य घाइते वालिङ– १४ बस्ने ३१ वर्षीया सुशीला थापा, ३६वर्षीया सरस्वती एस्के, २१ वर्षीय कुुलबहादुर कुँवर र ३५ वर्षीय चालक कृष्ण खाँण, चापाकोट नगरपालिका बस्ने १८ वर्षीय जमितासिंह ठकुरीको वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । राति परेको पानीका कारण चिप्लो कच्ची सडकमा जिप चिप्लिएर झन्डै २५ मि तल खसेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्