विश्वका महँगा सीईओ



नेपाल समाचारपत्र,काठमाडौं

विश्वमा सबैभन्दा बढी तलब कस्को होला भन्ने कुरा धेरैका लागि चासोको विषय हुन्छ।

विश्व भरीका महँगा र धेरै तलब खाने कर्मचारीको सूची सार्वजनिक गर्दै आएको संस्था ‘ब्लुमवर्ग पे इन्डेक्स’ ले २०१६÷१७ को सूची सार्वजनिक गरेको छ। विभिन्न कम्पनीका कार्यकारी अधिकृतबाट १० जनाको सूची सार्वजनिक गर्दै उनीहरूलाई संसारकै सबैभन्दा महँगा कर्मचारीको उपाधि पनि दिएको छ।

मार्क लोर,
सीईओ, युसएस ई–कमर्स
मार्क लोर सेप्टेम्बर २०१६ मा वाल मार्ट ई कर्पोरेसनका प्रमुख कार्यकारी अधिकृत चुनिएका हुन्। सूची अनुसार संसारमै सबैभन्दा धेरै तलब खाने को पहिलो नम्बरमा मार्क लोर छन्। उनले वार्षिक करिब २४ अर्ब ४० करोड ५० लाख रुपियाँ (२३ करोड ६८ लाख ९६ हजार १९१ अमेरिकी डलर) तलब खान्छन्।

टिम कुक
सीईओ, एप्पल इन्कर्पोरेन
एप्पल इन्कर्पोरेसनका सीईओ टिम कुकले वार्षिक करिब १५ अर्ब ४५ करोड ६८ लाख रुपियाँ (१५ करोड ३६ हजार ९०७ अमेरिकी डलर) तलब खाँदै दोस्रो नम्बरमा परेका छन्।

जोन एस वेन्सवर्ग
कार्यकारी प्रमुख, एभरकोट पार्टनर्स इन्कर्पोरेसन
जोन एस वेन्सवर्गको तलब वार्षिक १२ करोड ३९ लाख ९१ हजार ५५ अमेरिकी डलर छ। उक्त सुचीको उनी तेस्रो नम्बरमा परेका छन्। उनी एभरकोट पार्टनर्स इन्कर्पोरेसन कार्यकारी प्रमुख हुन्।

सुन्दर पिचाई
सीईओ, गुगल
चांैथो नम्बरमा भारतीयमुलका सुन्दर पिचाई परेका छन्। उनी गुगलअन्तर्गत अल्फावेट इन्कर्पोरेसनका सीईओ हुन्। उनको वार्षिक तलब १० करोड ६५ लाख २ हजार ४१९ अमेरिकी डलर छ।

एलोन मस्क,
सीईओ, टेस्ला इन्कर्पोरेसन
पाँचौ नम्बरमा टस्ला इन्कर्पोरेसनमा सीईओ एलोन मस्कको नाम छ।। उनले सन् २०१६ मा कम्पनीको तर्फबाट ९ करोड ९७ लाख ४४ हजार ९२० अमेरिकी डलर तलब बुझ्ने गरेका छन्।

भीएम रोमेट्टी,
सीईओ, मेसिन्स कर्पोरेसन
रोमेट्टी धेरै तलब बुझ्ने १० कर्मचारीको सुचीमा पर्ने एक मात्र महिला हुन्। ९ करोड ६७ लाख ६४ हजार ७ सय ५० अमेरिकी डलर वार्षिक तलबका साथ रोमेट्टी छैंठौ नम्बरमा परेकी छन्। उनी आईबीएम कर्पोरेसनको सीईओ हुन्।

मीच गार्बर,
सीईओ, सिजर्स एक्युजिसन
सि जर्स एक्युजिसन कर्पोरेसनका सीईओ मिच गार्बर हुन्। उनी सबैभन्दा धेरै तलब खानेहरूको सातौं नम्बरमा परेका छन्। उनले सन् २०१६ मा करिब ९ करोड ११ लाख ४६ हजार ४६८ अमेरिकी डलर तलब लिएका छन्।

फिलिप्पे पी डाउम्यानः
पूर्वकार्यकारी प्रमुख, भ्यायोकम इन्कर्पोरेसन
आठौं नम्बरमा परेका भ्यायोकम इन्कर्पोरेसनका पूर्वकार्यकारी प्रमुख फिलिप्पे पी डाउम्यानले सन् २०१६ मा ८ करोड ७८ लाख ४१ हजार २४९ अमेरिकी डलर तलब लिएका थिए।

लेस्ली मुनभेस,
सीईओ, सीभिएस गु्रप
सर्वाधिक तलब बुझेनेका सूचीमा लेस्ली मुनभेस नवौं नम्बरमा परेका छन्। सीवीएस ग्रुप कम्पनीका कार्यकारी प्रमुख भएर काम गरेबापत उनको वार्षिक तलब ८ करोड ३६ लाख ४५ हजार २९० अमेरिकी डलर रहेको छ।

मारियो जे गबेल्ली,
सीईओ, गाम्को इन्भेस्टरर्स इन्कर्पोरेसन
१०औं नम्बरमा पर्न सफल भएका छन् मारियो जे गबेल्ली। उनी पनि विश्वप्रसिद्ध गाम्को इन्भेस्टर इन्कर्पोरेसमा कार्यरत् छन्। कार्यकारी प्रमुखको हैसियतमा काम गरिरहेका उनले सन् २०१६ मा वार्षिक तलब ७ करोड ५९ लाख ६५ हजार २६६ अमेरिकी डलर बुझेका थिए।

(अन्तर्राष्ट्रिय समाचार एजेन्सीको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्