समिर अल्ट्रा ट्रेलमा पहिलो



कठमाडौं, (नेस)
नेपालका समिर तामाङले अस्ट्रेलियामा भएको अल्ट्रा ट्रेलमा शनिबार पहिलो स्थान हात पारेका छन्। निर्धारित ५० किलोमिटर दूरी नेपाली सेनाका समिरले ४ घण्टा ७ मिनेट ९ सेकेन्डमा पूरा गरे।

अस्ट्रेलियाका स्टुवर्ट गिब्सन ४ घण्टा ७ मिनेट १९ सकेन्ड समयसाथ दोश्रो भए। फ्रान्सका थिबाउट बारोनियन तेश्रो भए। दौड पूरा गर्न उनले ४ घण्टा ८ मिनेट ३३ सेकेन्ड समय खर्चे।

प्रतिक्रिया दिनुहोस्