राष्ट्रपति रुहानीलाई दोश्रो कार्यकालका लागि सफलता



तेहरान,(एजेन्सी)
इरानका राष्ट्रपति हसन रुहानी दोश्रो कार्यकालका लागि चुनाव जितेको शनिवार इरानको गृहमन्त्रालयले जनाएको छ । उनले कुल ४ करोड भन्दा बढि वैधानिक मतदाता मध्येबाट ५७ प्रतिशत अर्थात झण्डै २ करोढ ३० लाख मत प्राप्त गरेको बताइएको छ ।

विश्वका शक्ति राष्ट्रहरुसंग इरानको आणविक कार्यक्रम सिमित पार्ने विषयमा वार्ता गरी सम्झौतामा सहमति जनाएका उदारवादी नेता रुहानीले अब दोश्रो चरणको चुनावमा प्रतिस्पर्धा गर्नु नपर्ने भएको छ । उनका निकटतम प्रतिद्वन्द्वी रुढीवादी धार्मिक नेता इब्राहिम राइसीले मतदानमा अनियमितता भएको आरोप लगाएका छन् । उनले रुहानीका कार्यकर्ताहरुले मतदान केन्द्रहरुमा चुनावी कानुन अनुसार प्रतिवन्धित सयौं प्रोपोगान्डा गरेको आरोप लगाएका छन् । सरकारी टेलिभिजनले रुहानीलाइृ चुनाव जितेकोमा बधाइ तथा शुभकामना व्यक्त गरेको छ ।

गृहमन्त्री अब्दुल रेजा राहमानी फाज्लीले राइसीले ३८ दशमलव ५ प्रतिशत अर्थात १ करोड ५७ लाख मत हासिल गरेको र उक्त संख्या चुनावलाई दोश्रो चरणमा लान अपुग भएको बताएका छन् । शुक्रवार सोचिए भन्दा बढि संख्यामा मतदाताहरु मतदान गर्न आइपुगेपछि मतदानको समय पाँच घन्टा थपेर मध्यराति सम्म लागु गरिएको थियो ।

निर्वाचन आयोगले करिव ७० प्रतिशत मत खसेको बताइएको छ । निर्वाचन अधिकारीहरुले मतदाहरुकै उत्सुकता र अनुरोधको कारण उकत समय सिमा बढाइएको जनाएका छन् । इरानको कट्टरपन्थिहरुले शक्ति आफ्नो नियन्त्रणमा लिनका लागि भएभरको जनशक्ति र अन्य ।ोत तथा साधनको परिचालन गरेको बुझिएको छ ।

रुहानीले इरानलाई आधुनिकता तर्फ अघि सार्ने प्रतिवद्धता जनाएका छन् । राजधानी तेहरानमा सन् २०१३ को चुनावको तुलनामा यसपालि दोब्बर मत खसेको अर्थात ५० लाख व्यक्तिले मतदान गरेको बताइएको छ । ६८ वर्षिय रुहानीले यसपाली चुनावी अभियानको क्रममा जनतालाई राजनिितक सवतन्त्रता दिने वचन पनि दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्