इन्द्रावती गाउँपालिकाका आठवटा वडाको मतपरिणाम घोषणा



मेलम्ची, ७ जेठ । सिन्धुपाल्चोक जिल्लाको इन्द्रवती गाउँपालिकाको सम्पन्न मतगणनाअनुसार वडा नं १ को वडाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार श्री लामा ३३१ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का तिललाल तामाङले २९१ मत प्राप्त गर्नुभएको छ ।

वडा नं २ मा नेकपा (माओवादी केन्द्र)का वीरबहादुर तामाङ ३५६ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका रामशरण गिरीले ३१६ मत प्राप्त गर्नुभएको छ ।

वडा नं ३ मा काँग्रेसका देवप्रसाद बानियाँ ३८५ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका केदारबहादुर थापाले ३२१ मत प्राप्त गर्नुभएको छ ।

वडा नं ४ मा काँग्रेसका जगतमान ताल्चाभडेल ६०३ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका भीमे लामाले ५०२ मत प्राप्त गर्नुभएको छ ।

वडा नं ५ मा काँग्रेसका दुर्गाबहादुर तामाङ ५४७ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका लक्ष्मण तिमिल्सिनाले ५३९ मत प्राप्त गर्नुभएको छ ।

वडा नं ६ मा एमालेका इन्द्रबहादुर तामाङ ५३८ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका अनुप न्यौपानेले ३९१ मत प्राप्त गर्नुभएको छ ।

वडा नं ७ मा माओवादी केन्द्रका वीरबहादुर तामाङ ४७४ मत प्राप्त गरी विजयी हुनुभएको छ भने एमालेका रामजी थापाले ४२९ मत प्राप्त गर्नुभएको छ ।

वडा नं ८ मा काँग्रेसका धनबहादुर श्रेष्ठ ३६४ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका केदारनाथ आचार्यले ३२५ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी अहिलेसम्मको मत गणनाअनुसार अध्यक्षमा काँग्रेसका वंशलाल तामाङले तीन हजार ५९४, एमालेका झम्क नेपालले तीन हजार २०६, माओवादी केन्द्रका चिरञ्जीवी आचार्यले दुई हजार ३६ र राष्ट्रिय प्रजातन्त्र पार्टीका दइन्द्र ठकुरीले ६४० मत मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी उपाध्यक्षमा काँग्रेसका मिरा अधिकारी लामाले तीन हजार ३२७, एमालेका सरस्वती अधिकारीले तीन हजार १६७, माओवादी केन्द्रका बिसमई तामाङले दुई हजार १२७ र राप्रपाका शर्मिला दनुवारले ७५५ मत प्राप्त गर्नुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्