होहोरेम कुलुङ
लेखक चन्द्रकुमार राई ‘हतुवाली’द्वारा लिखित ‘किराँत बालबालिका नामकोश (२८ राई, लिम्बू, कोइच (सुनुवार) र याक्खा भाषामा)’ नामक किताब बजारमा आएको छ। तर, लेखक चन्द्रकुमार राई ‘हतुवाली’ सर आफैं संस्कृति र मानवशास्त्रमा एमए र बीएल (त्रिविविबाट) पढेको (पाना–३५८ लेखकको परिचय) भए तापनि अरुको अधिकार हनन् गर्नु हुँदैन भन्ने बिर्सेको देखिन्छ।

जस्तो पाना–३ को ‘चार किराँतका भाषा र जनसंख्या’ तालिकामा लेखक राई सरले २०६८ को राष्ट्रिय जनगणनामा आधारित भए तापनि मातृभाषालाई राखिएको छ भने मातृभाषीहरु नै जनसंख्या पनि हो? भनी बुझाउन खोजिएको छ। तर, त्यस्तो होइन। जस्तो २०६८ को राष्ट्रिय जनगणनामा कुलुङको जनसंख्या २८ हजार ६ सय १३ जना, नाछिरिङको सातहजार १ सय ५४ जना, याम्फुको ६ हजार ९ सय ३३ जना, चाम्लिङको ६ हजार ६ सय ६८ जना, आठपहरियाको ५ हजार ९ सय ७७ जना, बान्तावाको ४ हजार ६ सय ४ जना, थुलुङको ३ हजार ५ सय ३५ जना, मेवाहाङको ३ हजार १ सय जना, बायुङ÷बाहिङको ३ हजार ९६ जना, साम्पाङको १६ सय ८० जना, खालिङको १५ सय ७१ जना र लोहोरुङको ११ सय ५३ जना आएको छ। तर, स्वार्थवस लेखक राईले माथि उल्लेखित जातिको जनसंखया प्रस्तुत गरेका छैनन्। त्यस्तै जनगणनाको तथ्यांकमा नआएको भाषा छिन्ताङ, नेवाहाङ, मुगाली र कथित् देवास राई ⁄ पनि देखाइएको छ।

‘किराँत बालबालिका नामकोश (२८ राई, लिम्बू, कोईच (सुनुवार) र याक्खा भाषामा)’ भित्र रहेको नामहरुको तुलना गरेर हेर्दा मुलथलो छाडेर अन्यत्र गएका, मातृभाषा बिर्सिएका कुलुङका लागि त ‘कानो गोरुलाई औंसी न पूर्णे’ भनेझैं हो ⁄ तर, कुलुङ भाषा जीवित रहेको मुलथलोका कुलुङलगाय मातृभाषामा पकड भएका कुलुङले हेर्दा यो किताबमा धेरै नै खोट देख्ने÷भेट्ने छन्।

लेखकले जुन नामहरु कुलुङ पूर्खाको नाम भनी दिएका छन्, ती नामहरु २०६२ र २०६८ मा ‘नेपाल किराँत कुलुङ भाषा संस्कृति उत्थान संघ’ले देशभरिका कुलुङ पूर्खाहरुलाई भेला पारेर गरेको छलफलले निकालेको निचोड अनुसार १० वटा मात्रै मिल्छ। यसरी दुईदुईपटक पूर्खा सम्मेलन गरेर निकालेको निचोडअनुसार कुलुङहरु कुलुङ भनी चिनिनुअघिको २३ पुस्ता थिए। त्यसमध्ये लेखक राईको किताबमा ‘कुलुङ पूर्खा भनी दिइएको नाममा खम्बुहो १७औं, खार ९औं, छाक्की (छाक हुनुपर्ने) १८औं, छुनी १२औं, तुनिलु १४औं, निनामरिदुम (निनामरिदुम–पारुहाङ हुनुपर्ने) पाँचौं, मुथिथि, १५औं (मुतिथि भएको छ), रनु ११ औं, होलेन्दा (होलेन्दु भएको छ) सातौं, होहोरेम चौथो गरी १० जना पूर्खाको नामहरु परेको छ। लेखकले समग्र कुलुङ समुदायका पिलोका रुपमा रहेका भुपध्वज थोमरोसको किताब ‘रिङबोउ’लाई स्रोतका रुपमा लिएको देखिन्छ।

कतिपय शब्द गलत पनि देखिन्छ। जस्तो, नेपाली भाषामा सगरमाथा र अंग्रेजीमा एभरेस्ट भनेर चिनिने चोमोलुङमालाई कुलुङ भाषामा ‘सोम्फोरोछा’ भनिन्छ भनी लेखिएको छ। पाना–३१६। तर, कुलुङ समुदायले सगरमाथालाई ‘सोम्फोरोछा’ नभनेर चोमोलुङमा भन्छन्। ‘ओन्तोदेप’ भन्नाले यति ठूलोभन्दा पनि धेरै ठूलो जनाउँछ। पाना–५६।

नेपाली भाषालाई नै कुलुङ भाषा बनाउन खोजेको पनि देखिन्छ। जस्तो, कुलुङ भाषामा ‘चहक’ भन्नाले नेपालीमा ‘जय’ भनिएको छ। पाना–९९। ‘कुन्द’ भन्नाले उतालाई चढाउने दूध भनिएको छ। पाना–६४। लेखकले यहाँ शब्दको व्याख्या गर्नेक्रममा (कुलुङ राईले देवतालाई चढाउने दूध भनेका छन्। यसरी लेखकले धेरै ठाउँमा कुलुङ समुदायको टाउकामा जबरजस्ती ‘राई’ झुण्ड्याएका छन्।

LEAVE A REPLY