बाहुबली सर्वाधिक कमाइ गर्ने फिल्म



निर्देशकसँग भने केवल २ कोठाको फ्ल्याट

बाहुबली २ भारतमा अहिलेसम्मकै सबैभन्दा बढी व्यापार गर्ने फिल्म सावित भएको छ। यस फिल्मले अहिलेसम्म चार सय करोडमाथिको व्यापार गरिसकेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

करण जौहर निर्मित यस फिल्मलाई निर्देशक एसएस राजमौलीले निर्देशन गरेका हुन्। उनका लागि यो नै पहिलो सफलता भने होइन। उनले मगधिरा, ईगा, बाहुबलिजस्ता सफल फिल्महरु निर्देशन गरिसकेका छन्। यी फिल्मले बक्स अफिसमा करौडौं रुपियाँ कमाइ गरेका थिए।

शान्त, विनम्र तथा इमानार मानिसको छवि बनाएका निर्देशक राजमौली सफलता र पैसाको चकाचौधाबाट टाढै रहने गर्छन्। उनलाई पैसाको कत्ति पनि मोह छैन। उनले आफूलाई पुग्ने पर्याप्त पैसा भएको र त्योभन्दा बढी पैसाको जरुरत नपर्ने बताएका छन्।

तपाईंलाई विश्वास नलाग्न सक्छ। यति धेरै सफल फिल्मका यी क्याप्टेनसँग हैदरावादमा केवल दुई बेडरुम मात्रको फ्लायट छ।

उनले आफू पत्नी र छोरीका लागि यही फ्लायट काफी भएको भारतीय सञ्चार माध्यमलाई बताएका छन्। उनीसँग एक कार छ, जुन उनी आफैैं चलाउँछन्। कुनैबेला उनी कारको सट्टा अटो रिक्साबाट यात्रा गर्न रुचाउँछन्।
बहुबाली २ को ऐतिहासिक सफलतापछि पनि उनको जीवनशैलीमा कुनै परिवर्तन नआएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

‘म यस्तै छु, यसैमा आरामदायक महशुुस गर्छु’ –उनले भनेका छन्।

प्रतिक्रिया दिनुहोस्