एनएफडीसी अवार्ड असारमा



नेपाल चलचित्र विकास कम्पनी (एनएफडीसी) आयोजना र गोपीकृष्ण मुभिजको व्यवस्थापनमा आयोजना हुँदै एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कारको पाँचौ संस्करण यस वर्ष पनि हुने भएको छ।

बिहीबार साँझ राजधानीमा आयोजित एक समरोहबीच वर्ष २०७३ का लागि एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार २०७३ को घोषणा गर्दै विभिन्न विधामा उत्कृष्ट ५ को मनोनयनसमेत सार्वजनिक गरिएको छ। समारोहमा उत्कृष्ट ५ मा परेका कलाकार तथा प्राविधिकलाई प्रमाणपत्रसमेत प्रदान गरिएको थियो।

यस वर्षको यो अवार्डमा वर्ष २०७३ मा व्यावसायिक रूपमा सर्वाधिक सफल फिल्म छक्का पञ्जा सर्वाधिक १५ विधामा मनोनयमा परेको छ। २१ विधामा प्रदान गरिने अवार्डमा छक्का पञ्जालाई पछ्याउँदै जात्रा ११ विधाको मनोनयमा परेको छ भने पुरानो डुंगा ९ विधाको मनोनयनमा परेको छ। अवार्डमा अभिनेतातर्पm दीपकराज गिरी, आर्यन सिग्देल, विपीन कार्की, दयाहाङ राई र सौगात मल्लबीच स्पर्धा देखिएको छ भने अभिनेत्रीतर्पm प्रियंका कार्की, वर्षा राउत, शिल्पा पोखरेल, ऋचा शर्मा र सिर्जना सुब्बाबीच भिडन्त हुने भएको छ। त्यसै गरी निर्देशकतर्पm दीपाश्री निरौला, प्रदीप भट्टराई, रामबाबु गुरुङ, हेमराज विसी र निश्चल बस्नेतबीच स्पर्धा हुने भएको छ।

आगामी असार ३ गते राजधानीमा हुने अवार्डमा कूल २१ विधामा अवार्ड प्रदान गरिने भए पनि १८ विधाका लागि संयोजकसहित ३ सदस्य रहेको निर्णायक समितिबाट मूल्यांकन गरी वर्षभरि प्रदर्शित फिल्मबाट उत्कृष्ट मनोनयनको सूची सार्वजनिक गरिएको आयोजकले जनाएका छन्। अवार्डलाई निष्पक्ष रूपमा सम्पन्न गर्नका लागि २५ वर्ष भन्दालामो समयदेखि चलचित्रकर्ममा रहँदै आएका संगीतकार शुभबहादुर सुनाम, छायाँकार मञ्जुकुमार श्रेष्ठ र साउन्ड इन्जिनियर प्रदिप उपाध्याय निर्णायक रहेका छन्। सबै पुरस्कार निधन भइसकेका र जीवित कलाकार तथा पत्रकारका नाममा राखिएका छन्।

प्रतिक्रिया दिनुहोस्