दयनीय बन्दै डोटीका सडक



विमल विष्ट, डोटी
डोटी जिल्लामा रहेका सडकहरू वर्षेनी दयनीय बन्दै गएका छन्। वर्षादका कारण बिग्रेका तथा भत्किएका सडकहरू समयमै मर्मत सम्भार नगरिँदा यहाँका सडकहरू दिनहुँदयनीय बन्दै गएको छ। यहाँको दुई वटा पहाडी जिल्ला अछाम र बाजुरा जोड्ने डाक्टर केआईसिंह तथा पहलमान सिंह स्वार राजमार्गका विभिन्न ठाउँमा सडक भत्किनुका साथै सडकको बीच भागमा परेका खाल्टा खुल्टी मर्मत नहुँदा गाडी चलाउन पनि समस्या भएको शैलेस्वरी यातायात व्यवसायी समिति डोटीका प्रमुख हर्कबहादुर महराले बताउनुभयो।

उहाँल भन्नुभयो– ‘सडकमा भएका खाल्टा खुल्टी नपुरिदा यातायात अबरुद्ध हुन्छ, मर्मत गर्नपट्टि कसैको ध्यान गएको छैन्।’ सडक मर्मत तथा सुधार गर्ने जिम्मा पाएको डिभिजन सडक कार्यालय कुल्पातेको लापरवाहीका कारण यहाँको सडकको अवस्था दयनीय बनेको आरोपसमेत प्रमुख महाराको आरोप छ।

त्यस्तै बिग्रेका सडकको सुधार तथा पुराना सडकहरूको स्तरोउन्नति नगरिएका कारण डोटीमा सवारी साधन तथा ट्राफिक व्यवस्थापनमा निकै समस्या हुने गरेको जिल्ला ट्राफिक कार्यालय डोटीका प्रमुख प्रहरी नायब निरीक्षक रुपसिंह थापाले बताउनुभयो। उहाँले भन्नुभयो– ‘राजमार्गका सडक तथा गाउँका सडकहरूलाई स्तरोउन्नति तथा फराकिला नगरी हामीलाई ट्राफिक व्यवस्थापनमा समस्या उत्पन्न हुने गरेको छ, सडक गतिला नहुँदा डोटीमा सवारी दुर्घटनाको संख्या पनि बढेको छ।’

उता डिभिजन सडक कार्यालय दिपायल कुल्पातेका निमित्त डिभिजन प्रमुख इन्जिनियर गणेशबहादुर बुढाले डोटीका सडकको स्तरोन्नति गर्नका लागि आफ्नोतर्फ बाट पहल भइरहेको बताउनुभयो।

उहाँले भन्नुभयो– ‘डोटीको सडक सुधार तथा मर्मतका लागि रिकरेन्ट स्पेसिपिक मेन्टिनेन्स तथा सेप्टीसम्बन्धी ठेक्का शुरु भई काम शुरु भइरहेको र इमेरजेन्सी मेन्सिनेन्टअन्र्तरगत विभिन्न समयमा बाटो अबरुद्ध भएमा तत्कालै बाटो खोल्नका लागि हाम्रा उपकरणहरू स्टेन्डवाइ अवस्था राखिएको छ।’

बिनामापदन्डमा निर्माण गरिएका यहाँका ग्रामीण सडकहरूमा सामान्य पानी पर्दासमेत हिलाम्मे भई यातायातनै बन्द हुनेगरेको स्थानीयबासीहरू बताउँछन्। वर्षादको समयमा यहाँका अधिकांश सडक भत्किने तथा हिलाम्मे हुने हुँदा महिनौसम्म बन्द हुने गरेको सवारी चालकहरू बताउँछन्। सामान्य वर्षा हँुदा पनि यहाँका ग्रामीण सडकहरू बर्छैन ,बोगटान ,गडसेरा ,जोरायल, सायललगायतका ठाउँमा गाडी चलाउन मुस्किल हुने तथा सवारी साधन नै चल्न बन्दहुने गरेको बड्डीकेदार गाउँपालिका स्थित विपिनगरका स्थानीय रोज कलेलले बताउनुभयो।

उहाँले भन्नुभयो– ‘सडक कार्यालयले वर्षेनी मर्मत भन्दै बजेट खर्च गर्छ तर यहाँवर्षा शुरु हुनासाथ सडकमा गाडी चल्न बन्द भइहाल्छ,यहाँको सडकको लगानी बालुवामा पानी भनेजस्तै भइरा छ।’

प्रतिक्रिया दिनुहोस्