यौन उत्पीडनविरुद्ध अनौठो विज्ञापन अभियान



ग्वांगझाओ, (एजेन्सी)

विश्वका कयौं देशमा जस्तै चीनमा पनि सार्वजनिक यातायातमा महिलाको यौन उत्पीडन एक समस्या हो।

यस प्रकारको छेडछाडबाट दिक्क लागेकी चीनको ग्वांगझाओकी एक महिलाले अधिकारीसँग यस मुद्दालाई उठाउन सहयोग मागेकी थिइन्। तर अधिकारीले मद्दत गर्नका लागि आनाकानी गरेपछि महिला आफैंले एक अनौठो अभियान शुरू गरिन्।

लीली झेंग आफू किरोवस्थामा छँदा एक व्यक्तिले पब्लिक बसमा उनको हात समातेको, उनलाई घुरेको र त्यहाँबाट जान खोज्दा रोकेको घटना स्मरण छ। वर्षौ अगाडिको यो घटना उनका लागि भयानक अनुभव थियो। यसैले उनी मानिसहरूमा जागरुकता फैलाउने निर्णयमा पुगिन्।

यौन उत्पीडन विरोधी विज्ञापनको पैसा जुटाउनका लागि क्राउड फन्डिग अभियान शुरू गरिन्। सम्भवतः चीनमा यो पहिलो विज्ञापन होला।

लीली शुरूमै आफ्नो शहर ग्वांगझाओका अधिकारीहरूको पुगिन तर उनीहरूले जनतामा अन्यौलता बढ्ने डर भएकाले त्यस्तो विज्ञापन लिन अस्वीकार गरे।

त्यसपछि लीली आफैं फिरन्ते विज्ञापन बन्ने निर्णयमा पुगिन्। गुलाफी कपाल र गुलाफी कपडामा आफूलाई ‘वियडा’ अर्थात एक अनौठो व्यक्तिका रूपमा प्रस्तुत गरिन्।

उनी घाँटीमा एक विलबोर्ड झुण्ड्याएर सार्वजनिक स्थलहरूमा घुम्छिन्।उनको विलबोर्डमा सार्वजनिक परिवहनमा हुने यौन उत्पिडनबाट सचेत गर्ने खालका सन्देश राखेको हुन्छ।

लीलीले यसका लागि करिब १ सयवटा विलवोर्ड प्रिन्ट गराएकी छिन्। यसको समर्थन गर्न अनुरोध गर्दै कुनै सार्वजनिक यातायातमा वा त्यसको वरपर त्यसको तस्विर खिचेर पोस्ट गर्न आग्रह गरिरहेकी हुन्छिन्।

आकर्षण एक बहाना मात्र हो, जबरजस्ती छुन बन्द गर– एउटा बिरालोले संगुरलाई रोक्दै ‘ना’ भनिरहेको विज्ञापनमा लीलीले लेखिकी छिन्।

प्रतिक्रिया दिनुहोस्