मधेशमा चुनावी रौनक, महोत्तरीमा मतदाता शिक्षा सुरु



लक्ष्मी कुमार साह, महोत्तरी ।
महोत्तरी निर्वाचन कार्यालयले मतदाता शिक्षा कार्यक्रम शुक्रबारदेखि सुरु गरेको छ । मतदाता शिक्षा कार्यक्रम जिल्लाको १२ गाउँपालिका र तीन नगरपालिकामा निर्वाचन शिक्षा कार्यकता मतदाता शिक्षा स्वयम्सेवक खटेको जिल्ला निर्वाचन कार्यालय महोत्तरीका निर्वाचन अधिकारी पिंकी रायले बताईन् ।
उनले निर्वाचन शिक्षाको लागि स्वयंसेवकहरुको तालिम दिइसकिएकोले शुक्रबारबाट गाउँ गाउँमा उनीहरुलाई खटाउने गरी सामग्रीहरु वितरण गरिसकेको बताईन् ।
मतवदर हुनबाट रोक्न एक स्वंयसेवकलाई एकहजार मतदाता पर्ने गरी खटाइएको बताउनुहुदै जिल्लामा ४ सय १५ मतदानकेन्द्र, मतदान संख्या २ सय ५३ रहेका छन् भने १ लाख ६३ हजार ४ सय ७३ पुरुष, १ लाख ४४ हजार ९ सय ३० महिला र १ तेश्रोलिँगी गरी जम्मा ३ लाख ८ हजार ४ सय ४ मतदाता रहेको उनी थपिन् ।

निर्वाचन कार्यालयले मतदाता शिक्षाको लागि ४ सय १५ जना स्वयम्सेवकलाई खटाइएको जनाएको छ ।
दोश्रो स्थानीय तहको निर्वाचनमा मतपत्र बदर हुनबाट रोक्न घर घरमा गएर, चौक चौकमा भेला गराएर मतपत्र कसरी खसाउने सम्बन्धमा निर्वाचन शिक्षा कार्यक्रमलाई निरन्तरता दिन मतदाता कार्यकर्तालाई खटाएकी छिन् ।
लामो मतपत्र रहेको कारणले मतदाताहरु नअल्मिलिकन आफुले रोजेको उम्मेदवारलाई नै मतदान गरुन र मतपत्र वदर नहोस् भन्ने अभिप्रायले मतदाता शिक्षालाई अगाडी बढाइएको देखिएको छ ।
निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्ला निर्वाचन कार्यालय महोत्तरीले निर्वाचन सम्बन्धी सहयोगी पुस्तिका, हाते पुस्तिका, नमुना मतपत्र, उम्मेदवार मनोनयनको फाराम, बुकलेट लगायतका सामग्रीहरु केन्द्रबाट आईसकेको र मतपेटिका मात्र आउन बाँकी रहेको जानकारी गराईन् । महोत्तरीबाट ३० दलले निर्वाचनमा भाग लिने उनले बताइन् ।
यसैगरी जिल्लाको तिन नगरपालिका र १२ गाउँपालिकामध्ये पाँच गाउँपालिका र एक नगरपालिकामा निर्वाचनसम्बन्धी काम गर्दै आएका बागमत्ती सेवा समाज सर्लाहीले मतदाता शिक्षालाई दु्रतगतिमा अगाडी बढाइरहेको जिल्ला संयोजक नागेन्द्रकुमार कर्णले बताए ।
मतदान कसरी गर्ने, मतपत्र कसरी पटयाउने र मतपत्रमा स्वस्तिक चिन्ह कसरी लगाउने विषयमा घरधुरीमा जानकारी दिने गरिएको बताउनुहुदै उनले जनचेतना कार्यक्रम गर्दा भने गाउँपालिका, नगरपालिका, गाउँसभा, नगरसभासहित मतपत्रसम्बन्धी जानकारी गराए ।
यसैगरी निर्वाचनलाई मध्यनजर गर्दै सीमा नाकामा समेत सतर्कता अपनाएको छ भने केही अप्रिय घटना नघटोस् भने उद्देश्यले चेक जाँचमा समेत कडाई गरिएको सुरक्षा निकायले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले सबै दललाई सहभागी गराएर निर्वाचनमा जाँदा परिणाम राम्रो हुनाले सबै दलहरु एक आपसमा छलफल गरी दोस्रो चरणमा हुने स्थानीय तहको निर्वाचनमा सबैलाई भाग लिन अनुरोध गरे ।

प्रतिक्रिया दिनुहोस्