जिल्ला लिगको शनिवार देखि



नेपाल समाचारपत्र, बुटवल ।
अखिल नेपाल फुटबल संघ र रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा जिल्ला लिग फुटबल प्रतियोगिता २०७४ को तयारी पुरा भएको छ ।

शुक्रबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताको तयारी पुरा भएको जिल्ला फुटबल संघका अध्यक्ष दीर्घ बहादुर केसीले बताउनु भयो । प्रतियोगिताको लागि खेलमैदान बनाउने, रेफ्रीको ब्यवस्थापन, टिम दर्ता लगायतका सबै कामहरु पुरा भएको उहाँले बताउनु भयो । एन्फाको केन्द्रिय तालिकाअनुसार प्रतियोगिता आयोजना गरिन लागेको हो ।

प्रतियोगितामा जिल्लाका २० वटा क्लबहरुले भाग लिने खेल संयोजक भुपेन्द्र बहादुर क्षेत्रीले बताउनु भयो । चार वटा समुहमा विभाजन गरेर खेलाईने प्रतियोगिताको उद्घाटन खेल झरना एफसी र फर्साटिकर युवा क्लबका बिचमा मंगलापुरस्थित कुञ्जलापुर खेलमैदान हुने छ । प्रतियोगिताका ए र बी समूहका खेलहरु कुञ्जनापुर खेलमैदान र सी तथा डी समूहका खेल भुपुसैनिक जबई खेलमैदानमा गरि दैनिक ४ वटा खेलाईने छ ।

प्रतियोगिता उपाधि विजेताले नगद १ लाख ११ हजार, प्रमाणपत्र, मेडल तथा उपविजेताले नगद ५५ हजार, प्रमाणपत्र, मेडल प्राप्त गर्ने छ ।

यसैगरि सेमीफाईनलमा पुग्ने दुई टिमलाई समेत नगद १०–१० हजार नगद पुरस्कार पाउने भएका छन । त्यसतै विभिन्न ५ विधामा उत्कृष्ठलाई जनही ३ हजारका दरले पुरस्कार पाउने छन ।

प्रतिक्रिया दिनुहोस्