विभिन्न घटनाका फरार ८ जना पक्राउ



यमलाल भुसाल, बुटवल ।
स्थानिय निकायको निर्वाचनलाई शान्ति पूर्ण र भय रहित किसिमले सम्पन्न गराउनका लागि रुपन्देही प्रहरीले फरार प्रतिवादीहरुलाई पक्राउ गर्न अभियान संचालन गरेको छ ।

प्रहरीले विभिन्न घटनाका फरार ८ जना प्रतिवादीलार्ई पक्राउ गरेको जनाएको छ ।

चोरी मुद्दामाअदालतवाट कैद र जरिवाना तोकिएका तिलोत्तमा नगर पालिका ११ का कमल प्रसाद श्रेष्ठ बुटवल ११ का मनु नेपाली बुटवल १३ का राजेन्द्र नेपाली बुटवल १२ का कैले भन्ने कर्णबहादुर विकलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । त्यसै गरि लागू औषध मद्दामा फरार रहेका तिलोत्तमा नगर पालिका १२ का तेज प्रताप नेपाली देवदह नगर पालिका २ का सूर्य गुरुगं बुटवल उपमहानगरपालिका ११का अरविन्द्र लामा र देवदह १० का जस बहादुर थापा भन्ने विश्वास थापालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

प्रहरीले जिल्लामा विशेष सर्च अप्रेसन संचालन गरि फरार प्रतिवादी पक्राउ अभियान संचालन गरेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक मुकुन्द्र मरासिनीले बताउनु भयो ।

प्रहरीले आफनो गाँउ टोलमा अपराधिक गतिविधीमा संग्लन तथा फारार प्रतिवादीहरुका बारेमा नजिकको प्रहरीलाई खवर गर्न समेत अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्