भीमेश्वरमा नगरपालिकामा एमाले विजयी



चिरञ्जीवी मास्के, दोलखा । दोलखाको भीमेश्वर नगरपालीकामा नगरप्रमुख, उपप्रमुख सहित ७ वटा वडामा एमालेको उम्मेदवार बिजयी भएका छन् ।
भीमेश्वर नगरको नगरप्रमुखमा नेकपा एमालेका भरत केसीले र उपप्रमुखमा नेकपा एमालेका कमला वस्नेतलविजयी भएका छन् ।
वडा अध्यक्षहरुमा नेकपा एमालेको तर्फबाट वडा नम्बर १ मा वीरबहादुर थामी, वडा नम्बर ४ मा हरिबंश चौलागाई, वडा नम्बर ५ मा रामचन्द्र वस्नेत, वडा नम्बर ६ मा नविन लामा, वडा नम्बर ७ मा कैलाश श्रेष्ठ, वडा नम्बर ८ मा नकुल केसी र वडा नम्बर ९ मा चित्रबहादुर भुजेल विजयी भएका छन् । भीमेश्वर नगरपालिकाको वडा नम्बर २ मा नेपाली कांग्रेसका विराज श्रेष्ठ र वडा नम्बर ३ मा हरिशरण शिवाकोटी विजयी भएका छन् ।

दोलखाको दुई नगरपालिका र छ गाँउपालिकाको मतगणना सकिदा एमालेले दुई नगरपालिका र चार गाँउपालिकामा जित हात पारेको छ । एमालेको तर्फबाट दोलखाको जिरी नगरपालिका नगरप्रमुखमा टंक जिरेल(३२१२) र उपप्रमुखमा कृष्णकुमारी बुढाथोकी(३२६८) विजयी भएका छन् ।

त्यसैगरी तामाकोसी गाँउपालिकामा प्रमुखमा एमालेको इश्वरचन्द्र पोखरेल(४६१५) र उपप्रमुखमा उर्मिला खड्का केसी(४४२९), शैलुङ गाँउपालिकामा प्रमुखमा भरत दुलाल(४१५६) र उपप्रमुखमा लालमाया योञ्जन(४१४९), कालिञ्चोक गाँउपालिकामा प्रमुखमा विनकुमार थामी(४६०१) र उपप्रमुखमा कालिका पाठक(४५९०) तथा गौरीशङ्कर गाँउपालिकामा प्रमुखमा स्वयम बहादुर खड्का(४२४९) र उपप्रमुखमा उर्मिला थामी(३४४०)विजयी भएका छन् ।
दोलखाको बैतेश्वर गाँउपालिकामा प्रमुखमा नेपाली कांग्रेसका छवि लामा र उपप्रमुखमा माओवादी केन्द्रका रविचन्द्र आचार्य तथा विगु गाँउपालिकामा नेपाली कांग्रेसका युधिष्ठीर खड्का र उपप्रमुखमा माओवादी केन्द्रका सन्जीव ओली विजयी भएका छन् ।
जिल्लाको ७४ वटा वडामा अहिलेसम्म नेकपा एमालेले ३९ वटा, नेपाली कांग्रेसले १८ वटा र माओवादी केन्द्रले १० वटा वडामा जित हासील गरेको छ । दोलखाको मेलुङ गाँउपालिकामा भने वडा नम्बर १ पवटीमा मतदानको दिन नेपाली कांग्रेसका कार्यकर्ताले बुथ तोडफोड गरेकोले जेठ ७ गते पुन मतदान गर्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्