युभेन्टसको कोप्पा इटालीमा ह्याट्रिक



रोम, (एजेन्सी)
इटालियन फुटबलका महारथी युभेन्टसले लगातार तेस्रो पटक कोप्पा इटालिया कप जितेर उपाधिमाथि ह्याट्रिक गरेको छ।

प्रतियोगिताअन्तर्गत बुधबार राति भएको फाइनलमा ओल्ड लेडीले लाजियोलाई २–० ले पराजित गर्दै उपाधिमाथि ह्याट्रिक गरेको हो। साथै १२औं पटक उक्त उपाधि जितेको छ। जारी सिजनको इटालियन सिरी ए लिगको शीर्ष स्थानमा रहेको युभेन्टस च्याम्पियन्स लिगको पनि फाइनलमा पुगिसकेको छ।

युभेन्टसको जितमा ड्यानी आल्भेसले खेलको १२औं मिनेटमा भली प्रहारमार्फत् उत्कृष्ट गोल गरेका थिए। यसै गरी खेलको २४औं मिनेटमा युभेन्टसले अग्रता दोब्बर पा¥यो। उक्त गोल लियोनार्डो बोनुचीको नाममा रह्यो। पहिलो हाफसम्म २ गोल भएको उक्त खेलको दोस्रो हाफमा भने थप कुनै गोल नभएपछि युभेन्टसले उपाधि पक्का गरेको हो।

मोनाको च्याम्पियन
पेरिस सेन्ट जेर्मेन (पीएसजी) को आधिपत्य तोडेर एएस मोनाकोले यस सिजनको फ्रेन्च लिग वानको उपाधि जितेको छ। बुधबार राति सर्वाधिक लिग विजेता बनेको सेन्ट एटिनेलाई २–० ले हराएर मोनाको च्याम्पियन बनेको हो। टोलीले १९९९÷२००० सिजनयता १७ वर्षपछि फ्रेन्च लिग वानको उपाधि जितेको छ। यसअघि पीएसजीले अघिल्ला चार सिजनमा उपाधि जितेको थियो।

प्रतिक्रिया दिनुहोस्