जेलबाट तीन हजार कैदी फरार



माकाला, (एजेन्सी)
प्रजातान्त्रिक गणतन्त्र कंगोको मुख्य कारागारबाट ३ हजारभन्दा बढी कैदी भागेको सुरक्षा सूत्रहरूले बीबीसीलाई बिहीबार बताएका छन्। तर, सरकारी निकायहरूले भने अचानक बाहिरबाट आएका सशस्त्र समूहले बुधबार आक्रमण गर्दा करिब ५० जना जति कैदी मात्र त्यहाँबाट भाग्न सफल भएके दाबी गरेका छन्।
यसै गरी सुरक्षा सूत्रहरूका अनुसार माकाला कारागारमा भएको सो आक्रमणमा दर्जनौं व्यक्ति मारिएका छन्। त्यहाँबाट भाग्न सफल हुनेमा राजनीतिक तथा धार्मिक सम्प्रदायका नेता बुन्दु डिंया कोनगो पनि रहेको बताइएको छ। प्रहरी प्रवक्ताले स्थानिय रेडियो स्टेसन रेडियो ओकापीलाई ती कैदीहरू निकै खतरानाक भएकाले कसैले कहींकतै देख्नासाथ प्रहरीलाई खबर गर्न जनतालाई अनुरोध गरिएको बताएका छन्।

सरकारले यस घटनामा विपक्षी नेता नेसिमका समर्थकहरूको हात रहेको हुनसक्ने अनुमान गरेको छ। हिंसा उक्साएको आरोपमा विधायक नेसिमलाई किन्सासामा प्रहरीले पक्राउ गरेको थियो।

प्रतिक्रिया दिनुहोस्