देशभर छुल्ठिमको डायरी



नायिका छुल्ठिम गुरुङद्वारा निर्मित फिल्म डायरी आज शुक्रबारबाट अल नेपाल रिलिज हुने भएको छ। यो फिल्मले यसपालि सिंगल रिलिजको अवसर पाएको छ। जसलाई लिएर नायिका गुरुङ उत्साहित छिन्।

फिल्ममा नायिका रेखा थापा खल भूमिकामा छिन्। रेखाले पहिलोपटक नकरात्मक भूमिकामा अभिनय गर्ने क्रममा डायरीमा खल भूमिकामा अभिनय गरेकी हुन्।
अनिल योञ्जनद्वारा निर्देशित फिल्ममा रेखा र छुल्ठिमका साथमा नवनायक सन्नी सिंह, दिनेश डिसी, राजकुमार उप्रेती, राजु लामा, कुशल विष्ट, उमेश पाण्डे, रश्मी पाण्डे, विनोद पौडेललगायतले अभिनय गरेका छन्।

एसी प्रोडक्सन र छुल्ठिम इन्टरटेनमेन्टको ब्यानरमा अनिल योञ्जन र छुल्ठिम गुरुङद्वारा निर्मित एक्सन, प्रेम र रोमान्सको कथाको फिल्ममा लेखन छेतेन गुरुङ, संगीत स्वप्निल शर्मा, इमान विक्रम शाह र मानस राज, नृत्य गम्भिर विष्ट र मंगोलियन नाम्जा, द्वन्द्व राजकुमार उप्रेती, छायांकन शिवराम श्रेष्ठ र सम्पादन प्रवीण श्रेष्ठको रहेको छ।

प्रतिक्रिया दिनुहोस्