सिलवालको सुनुवाइ ११ गते



काठमाडौं, (नेस)
सर्वोच्च अदालतले प्रहरी नायब महानिरीक्षक (डीआईजी) नवराज सिलवालको मुद्दाको सुनुवाइ यही जेठ ११ गतेका लागि पेसी तोकेको छ। सात सदस्यीय न्यायाधीशमा देवेन्द्रगोपाल श्रेष्ठ, चोलेन्द्रशमशेर जबरा, जगदीश शर्मा पौडेल, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, सपना प्रधान मल्ल र तेजबहादुर केसीको बृहत् पूर्ण इजलासमा सिलवालको मुद्दाको सुनुवाइ हुने कार्यसूचीमा बिहीबार तय भए पनि सुनुवाइ हुन सकेन।

न्यायाधीश श्रेष्ठ र डीआईजी सिलवालको नाता सम्बन्ध भएका कारण मुद्दा हेर्न नमिलेको र यही जेठ ११ गते सुनुवाइ हुने तय भएको सर्वोच्च अदालतबाट थाहा भएको छ। नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिका विषयलाई लिएर सिलवालले मन्त्रिपरिषद्विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्नुभएको थियो। यसअघि गत वैशाख १९ गते अन्तिम सुनुवाइ हुने भनिए पनि प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रकरणले सो मुद्दा पछाडि धकेलिएको हो।

प्रतिक्रिया दिनुहोस्