दयनिय बन्दै डोटीका सडकहरु



विमल विष्ट, डोटी ।
डोटीका सडकहरु बर्षेनी दयनिय बन्दै गएका छन् । बर्षादका कारण बिग्रेका तथा भत्किएका सडकहरु समयमै मर्मत सम्भार नगरिदा यहाँका सडकहरु दिनहुँ दयनिबन्दै गएका हुन् ।

यहाँको दुई वटा पहाडी जिल्ला अछाम र बाजुरा जोड्ने डाक्टर केआईसिंह तथा पहलमान सिंह स्वार राजमार्गका बिभिन्न ठाउमा सडक भत्किनुका साथै सडकको बिच भागमा परेका खाल्डा खुल्डि मर्मत नहुदा गाडी चलाउन पनि समस्या भएको शैलेस्वरी यातायात ब्यबसायी समिति डोटीका प्रमुख हर्कबहादुर महराले बताउनु भयो ।

उहाँल भन्नु भयो ‘सडकमा भएका खाल्डा खुल्डि नपुरीदा यातायात अबद्ध हुन्छ,मर्मत गर्न पट्टि कसैको ध्यान गएको छैन् ।’सडक मर्मत तथा सुधार गर्ने जिम्मा पाएको डिभिजन सडक कार्यालय कुल्पातेको लापर्वाहिका कारण यहाँको सडकको अवस्था दयनि बनेको आरोप समेत प्रमुख महाराको आरोप छ ।

त्यस्तै बिग्रेका सडकको सुधार तथा पुराना सडकहरुको स्तरोउन्नती नगरिएका कारण डोटीमा सवारी साधन तथा ट्राफिक ब्यबस्थापनमा निकै समस्या हुने गरेको जिल्ला ट्राफिक कार्यालय डोटीका प्रमुख प्रहरी नायव निरिक्षक रुपसिंह थापाले बताउनु भयो । उहाँले भन्नु भयो ‘राजमार्गका सडक तथा गाउका सडकहरुलाई स्तरोउन्नती तथा फराकिला नगरी हामीलाई ट्राफिक ब्यबस्थापनमा समस्या उत्पन्न हुने गरेको छ,सडक गतिला नहुँदा डोटीमा सवारी दुर्घटनाको संख्या पनि बढेको हो ।’
उता डिभिजन सडक कार्यालय दिपायल कुल्पातेका निमित्त डिभिजन प्रमुख ईन्जिनियर गणेश बहादुर बुढाले डोटीका सडकको स्तरोउन्नती गर्नका लागि आफनो तर्फ बाट पहल भईरहेको बताउनु भयो । उहाँले भन्नु भयो ‘डोटीको सडक सुधार तथा मर्मतका लागि रिकरेन्ट स्पेसिपिक मेन्टिनेन्स तथा सेप्टि सम्बधि ठेक्का सुरु भई काम सुरु भईरहेको र ईमेरजेन्सी मेन्सिनेन्ट अन्तरगत बिभिन्न समयमा बाटो अबरुद्ध भएमा तत्कालै बाटो खोल्नका लागि हाम्रा उपकरणहरु स्टेन्डवाई अवस्था राखिएको छ ।’

बिना मापदन्डमा निर्माण गरिएका यहाँका ग्रामिण सडकहरुमा सामान्य पानी पर्दा समेत हिलाम्मे भई यातायातनै बन्द हुनेगरेको स्थानियबासीहरु बताउछन् । बर्षादको समयमा यहाँका अधिकांस सडक भत्किने तथा हिलाम्मे हुने हुदा महिनौ सम्म बन्द हुने गरेको सवारी चालकहरु बताउछन् ।

सामान्य बर्षा हुदा पनि यहाँका ग्रामिण सडकहरु बर्छैन,बोगटान,गडसेरा,जोरायल,सायल लगायतका ठाउमा गाडी चलाउन मुस्किल हुने तथा सवारी साधन नै चल्न बन्दहुने गरेको बड्डीकेदार गाउपालिका स्थित विपिनगरका स्थानिय रोज कलेलले बताउनु भयो । उहाँले भन्नु भयो ‘सडक कार्यालयले बर्षेनी मर्मत भन्दै बजेट खर्च गर्छ तर यहाँ बर्षा सुरु हुना साथ सडकमा गाडिचल्न बन्द भई हाल्छ,यहाँको सडकको लगानी बालुवामा पानी भने जस्तै भईरा छ ।’

प्रतिक्रिया दिनुहोस्