प्यूठान खानेपानीमा करोडौ लगानी, ९ करोडका ७५ योजना



जिल्लाको दाखाक्वाडिमा निर्माणाधिन बिसमुरे खानेपानी आयोजनाको दुइ लाख लिटर क्षमताको पानी पोखरी

सलिम अन्सारी, प्यूठान
जिल्लामा सञ्चालित बिभिन्न खानेपानी योजनाका लागी चालु आर्थिक बर्षमा करोडौ रुपैयाँ खर्च भएको छ ।

जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका अनुसार साना तथा मझौला र ठुला खानेपानीका लागी झण्डै ९ करोड बजेट लगानी गरिएको हो ।

नेपाल सरकारले खानेपानीको पहुँच बिस्तारका लागी यो बर्षमा ८ करोड ८८ लाख ४८ हजार रुपैयाँ विनियोजन गरेको छ । क्रमागत र नयाँ ७५ वटा खानेपानी योजनामा विनियोजित रकम खर्च गरिएको हो ।
आगामी आर्थिक बर्षमा जिल्लामा नयाँ ४१ खानेपानी आयोजना शुरु गर्न लागिएको खानेपानी डिभिजन कार्यालय प्रमुख ग्रिष्म थापाले जानकारी दिनुभयो । गत बर्ष र त्यस अघि सुरु गरिएका ३४ खानेपानी आयोजना निर्माणाधिन अबस्थामा छन । यो बर्षको असार मसान्त सम्म जिल्लामा सँचालित तिन वटा खानेपानकिा योजना निर्माण भइसक्ने उहाले बताउनुभयो ।

नेपाल सरकारले खानेपानीको पहुँच बिस्तारका लागी यो बर्षमा ८ करोड ८८ लाख ४८ हजार रुपैयाँ विनियोजन गरेको छ ।

क्रमागत योजना अन्र्तगत काम अन्तिम चरणमा पुगेका स्वर्गद्दारी, रम्दि र पातालकटेरी जुम्रीकाढाँ खानेपानी योजना यसै बर्ष सकिनेछन । यी योजना सकिए पछि प्रभावित क्षेत्रका ६ सय घरधुरीलाइ खानेपानी सुविधा पुग्ने छ । ठुला खानेपानी तथा सरसफाइ कार्यक्रम अन्र्तगत निर्माणाधिन अवस्थामा रहेको क्वाडिको बिसमुरे खानेपानी योजनाका लागी ५० लाख वजेट बिनियोजन गरिएको थियो ।

खानेपानी गुणस्तर सुधार कार्यक्रमका लागी ६४ लाख रकम छुटाइ काम गएिको छ । त्यस्तै जिल्लाका १ सय ८६ खानेपानी योजनाका लागी १ करोड ९१ लाख २० हजार रुपैयाँ विनियोजन भएको छ ।

यो रकम गत बर्ष असारमा गएको बाढि पहिरोका कारण क्षतिग्रस्त बन्न पुगेका योजनामा खर्च गरिएको हो । यो कार्यक्रममा छुटेका र स्थानिय समुदायस्तरबाट माग भइ आएका अधिकाश पहिरोग्रस्त क्षेत्रका अन्य ६६ वटा योजनाका लागी वजेट माग गरिएको बताइयो । राज्यले एकमुष्ट वजेट दिन नसक्दा लक्ष्य अनुसार योजना सम्पन्न गर्न नसपिएको डिभिजन प्रमुखले दुखेसो पोख्नुभयो ।

एक घर एक खानेपानी धारा
जिल्लामा एक घर एक खानेपानीको अवधारणालाइ निरन्तरता दिइने भएको छ । अघिल्ला आथिक बर्ष तथा आगामी दिनमा सचालन हुने खानेपानी आयोजना अनिबार्य रुपमा निजी धारा जडान गरिने छ ।

निजीधारा जडानले आयोजनाको दिगो ब्यवस्थापन लगायतका विभिन्न आधारभुत कुरामा सहयोग पुग्ने भन्दै कार्यालय यो अबधारणा कार्यान्वयन गर्न लागेको हो । कार्यालयले अव योजना बनाउदा आधारभुत खानेपानी सुबिधाबाट बन्चित जनसँख्यालाइ प्राथमिकामा राखेर काम गर्ने बताएको छ ।

कार्यालयको गत बर्षको तथ्याकँ अनुसार जिल्लामा एक हजार बढि जनसँख्यामा आधारभुतस्तरको खानेपानी सुबिधा पुगेको छ ।
आयोजना सँख्या धेरै र वजेट विनियोजन कम हुने गरेकाले जिल्लामा सन्चालित खानेपानी योजना समय मै सम्पन्न गर्न चुनौती छ ।

प्रतिक्रिया दिनुहोस्