खोई गाई ? खोलाले बगायो …



अहिलेको संसद्मा चौथो ठूलो शक्तिको रूपमा रहेको राप्रपा पछिल्लो स्थानीय चुनावमा भने आकलझुकल मात्रै नाम सुनिनेमा परेको छ। अर्थात् प्रतिस्पर्धा भएका मध्ये केही ठाउँमा निकै तल तेस्रो वा चौथो स्थानमा देखिएको छ।

काठमाडौं र ललितपुरमा एमालेसँग तालमेल गरेको सो पार्टीका नेताहरू अहिले आन्तरिक छलफलमा एमालेले धोका दिएको बताउन थालेको धरहराले सुइँको पाएको छ। कतिले चाहिँ बालगीतको शैलीमा ‘खोई गाई ? खोलाले बगायो’ भनेर मजाकको विषयसमेत बनाएका छन्। होइन होउ, एउटा निर्वाचनमा भएको हार वा जितलाई नै आधार बनाएर धेरै नउडाऔं न हो। पछि, दुई तिहाइ पनि त ल्याउन सक्छ नि। कि कसो पाठकवृन्द ?

राप्रपा–एमालेको तालमेलले मात्रै पार लगाउन नसकेको होइन कि कांग्रेस–माओवादी तालमेलले पनि त्यति पार लगाउन सकेको देखिएको छैन। चितवनमा कांग्रेसलाई पनि माओवादीजनले अन्तर्घातको त्यस्तै आरोप लगाइरहेका छन्। उता पोखरामा कांग्रेसजनले माओवादीलाई अन्तर्घात भो भन्दै छन्। माथि नेताहरूले व्यक्तिगत स्वार्थमा तालमेल गर्दैमा गोप्य मतदानमा तल कार्यकर्ताले मान्नुपर्छ भन्ने के छ र ? आखिर कार्यकर्ताले देखाइदिए मतपेटिकामार्फत् विद्रोह गरेर।

प्रतिक्रिया दिनुहोस्