काठमाडौ महानगरपालिकाको मत परिणाम, कहाँ को अगाडि ?



काठमाडौ (नेस) ।

काठमाडौं महानगरपालिकाको मेयरमा एमाले उम्मेदवार विद्यासुन्दर शाक्यले ४ हजार ३१७ मत पाएका छन् । कांग्रेसका उम्मेदवार राजुराज जोशीको मत २ हजार ४७२ छ । विवेकशिल नेपालीकी रन्जु दर्शनाको मत १ हजार ८७७ र साझा पार्टीका किशोर थापाको १ हजार २२६ मत पाएका छन् । माओवादी केन्द्रका उम्मेदवार सर्वोत्तम डंगोलको मत भने ४९४ छ ।

प्रतिक्रिया दिनुहोस्