समलिंगी जोडीलाई कोर्रा हानिने



जाकार्ता, (एजेन्सी)
इन्डोनेसियाको आसेह प्रान्तको एउटा सरिया अदालतले समलिंगी क्रियाकलापमा सरिक रहेको अभियोगमा दुई जना पुरुषलाई सार्वजनिक स्थलमा कोर्रा लगाउन बुधबार आदेश दिएको छ।

रूढीवादी आचेहको कडा इस्लामिक कानुन उल्लंघन गरेको अभियोग ती दुवैलाई जनही ८५ कोर्रा हान्न अदालतले आदेश दिएको छ। गत मार्चमा भिजिलान्तेहरूले २० र २३ वर्षीय यस जोडीलाई पलङमा रंगेहात फेला पारेको बताइएको छ। तर तिनीहरूको परिचय खुलाइएको छैन।

मुश्लिम बाहुल्य राष्ट्र इन्डोनेसियामा समलिंगी यौन अवैध मानिन्छ। तर यसरी अपराधीलाई सजाय दिइएको भने यो पहिलो घटना हो। सरिया कानुन लागू गरिएको आसेह एक मात्र प्रान्त हो।
तिनीहरूलाई आगामी साता सजाय दिइने भएको छ। यस्तो अपराधका लागि अधिकतम सजाय १ सय कोर्रा हो। यसअघि यस प्रान्तमा जुवाडे र जँडइहाहरूलाई कोर्रा हानिने गरेको पाइएको छ।

केही वर्षयता आसेह निकै रूढीवादी हुँदै आएको छ। सन् २०१४ मा समलिंगी यौन विरुद्ध कानुन बनाइएको थियो। तर त्यसको पछिल्लो वर्ष मात्रै त्यसलाई कार्यान्वयनमा ल्याइएको थियो।

प्रतिक्रिया दिनुहोस्