कामपाको पहिलो खाता



काठमाडौँ महानगरपालिका– १ को वडाध्यक्षमा नेकपा एमालेका भरतलाल श्रेष्ठ १ हजार ३५ मत ल्याई विजयी हुनुभएको छ।कामपाका वडा मध्ये १ नम्बर वडाको परिणाम बुधबार पहिलोपटक आएको हो।


श्रेष्ठका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भोला थापाले ६ सय ३९ मत प्राप्त गर्नुभएको थियो। महिला सदस्यमा एमालेकी रसला तण्डुकारले ८ सय ९१, दलित महिला सदस्यमा एमालेकै मीना सुनुवार ७ सय ९६ मत ल्याई विजयी हुनुभयो।

यस्तै खुल्ला सदस्यमा एमालेका अशोक श्रेष्ठले ६ सय ५४ र कांग्रेसका राजकुमार श्रेष्ठ ६ सय ८१ मत ल्याई विजयी हुनुभयो। सो वडामा कुल २ हजार ३ सय ३१ मत खसेको थियो भने ५९ मत बदर भएको मुख्य निर्वाचन आयोगको कार्यालयले जनाएको छ। तस्वीरमा विजयपछि खुसीयाली मनाउँदै विजेता।

प्रतिक्रिया दिनुहोस्