बेलायतमा चार वर्षयताकै उच्च मुद्रास्फिती



काठमाडौं, (नेस)
पाउण्डको विनिमयम दरमा उच्च गिराट आएपछि बेलायतमा २०१३ यताकै उच्च मुद्रास्फिती दर कायम भएको छ। ब्रेक्सिट जनमत संग्रहपछि बेलायतीले युरोपियन युनियनबाट बाहिरिने निर्णय गरे यता पाउण्ड इतिहासमै सर्वाधिक कमजोर बनेको थियो।

बेलायतको राष्ट्रिय तथ्यांक (ओएनएस) कार्यालयले विश्लेषण गरेभन्दा उच्च रहेर मुद्रा स्फ्रिती दर २ दशमलव ७ प्रतिशत कायम भएको अन्तर्राष्ट्रिय सूचना माध्यमले जनाएका छन्।

यो बैंक अफ इङ्ग्ल्यान्डको २ प्रतिशतको लक्ष्यभन्दा उच्च हो। इस्टर पर्व ढिला भएकाले हवाई भाडाको मूल्य बढ्नु मुद्रा स्फिती दर उच्च हुनुको कारण बताईएको छ। त्यस्तै कपडाको मूल्य, बिजुली महसुल लगायतमा भएको वृद्धिले समेत मुद्रास्फितीलाई सघाउ पुर्याएको ओएनएसले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्