बालिकाको गर्भपतनबारे डाक्टरहरुको बैठक



नयाँदिल्ली,(एजेन्सी)
वलात्कारको शिकार भएकी एक दश वर्षिया बालिकाको गर्भपतनका लागि अनुमति दिने कि नदिने भन्ने विषयमा भारतमा डाकटरहरुको बैठक बसिरहेको छ । भारतको उत्तरी रोहताक शहरको प्रहरीले आफ्नो सौतेनी पिताबाट पटक पटक वलात्कृत हुँदै आएकी उनी चार महिने गर्भवती भएको विविसिलाई बताएको छ ।

ति अपराधि पितालाई पक्राउ गरी हिरासतमा लिएर प्रहरीले विस्तृत अनुसन्धान गर्दै आएको छ । भारतको प्रचलित कानुन अनुसार डाक्टरहरुले नै गर्भवती महिलाको स्वास्थ खतरामा रहेको भनी सिफारिश गरेको अवस्थामा बाहेक गर्भ बसेको २० सातापछि गर्भपतन गर्न मिल्दैन ।

भारतमा लैंगिक विभेद विरुद्ध कडा कानुनको व्यवस्था गरिएको छ । छोरालाई बढि प्राथमिकता दिइने भारतिय सामाजिक सोचको कारण वर्षेनी गर्भवती महिलाको भु्रण परिक्षण गरी लाखौं संख्यामा महिला भ्रुणको गर्भपतन गरिने गरेको छ । पछिल्ला केहि महिनामा वलात्कारको कारण गर्भवती बन्न पुगेकी केहि महिलाले आफ्नो २० साता नाघिसकेको गर्भ पतन गराउन भारतको सर्वोच्च अदालत समक्ष याचिका पत्र दायर गरेका छन् ।

तर संधैं झैं अदालतले यस विषयमा निर्णय गर्ने जिम्मा डाक्टरहरुलाई नै दिएका छन् । सबैभन्दा पछिल्लो घटनाको रुपमा हरियाणा राज्यको रोहताक शहरको पोस्ट –ग्राज्युयट इन्स्टिच्युट अफ मेडिकल साइन्सेजले यि बालिकाको गर्भपतनका लागि उनको परिवारले गरेको अनुरोध माथि निर्णय गर्न डाक्टरहरुको बैठक जारी रहेको छ ।

गत साता अर्कोको घरमा काम गर्ने ति पिडित बालिकाकी आमालाई शंका लागेपछि छोरीलाई डाक्टरकहाँ जचाउन लग्दा बल्ल उनको गर्भको रहस्य खुलेको थियो । ति महिला कामको सिलसिलामा प्राय घर बाहिर रहनेबेला मौका छोपेर सौतेनी पितालाई डर धम्की देखाउँदै उनलाई वलात्कार गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्